१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डा.तोसिमा कार्कीसहितका स्वास्थ्यकर्मीले गरे मिटर ब्याज पीडितको स्वास्थ्य परीक्षण

२५ फाल्गुन २०८०, शुक्रबार ११:५०

फागुन २५, काठमाडौँ | काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सहायता प्रदान गरिएको हो । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत गत माघ १६ गतेदेखि मिटर ब्याजविरुद्ध न्याय मार्चसहित काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।


उनीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका हुन् । लामो समयदेखि काठमाडौँमा बसेर आन्दोलन गरिरहँदा कतिपय पीडितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गराएका हुन् ।

पीडितहरू र सरकारबिच वार्ता समेत भइरहेको छ । तर, अहिलेसम्मको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले फागुन १३ गते सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । पीडितहरूको तर्फबाट समितिका अध्यक्ष अवधेश कुश्वाहको संयोजकत्वमा ९ सदस्यीय वार्ता समिति गठन गरिएको छ ।

दुवै टोलीबिच फागुन १३ गतेदेखि वार्ता भइरहेको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन । पीडितहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका छन् । सरकारी वार्ता टोलीले उक्त मागप्रति असहमति जनाउँदै आएको छ । जसले गर्दा वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह