२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ गठबन्धनमा केही विवादित मान्छे छन् तर पनि गठबन्धन गर्नुपर्छ, बाध्यता छ: पम्फा भुसाल

२०८०, २५ फाल्गुन शुक्रबार १२:२२

फागुन २५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्।

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन्। उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन्।

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन्। उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै गठबन्धन यहीँका दल र नेताहरुले बनाएका उल्लेख गरिन्।


उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताइन्। उनले भनिन्, ‘त्यहाँभित्र हामीलाई असहज भयो। यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठीक हुन्छ कि? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो। संयोगले एउटा नयाँ सहमति बन्यो र नयाँ गठबन्धन बन्यो। बाहिर सुशासन भनेको छ, आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन्। हरेक ठाउँमा विभिन्न सुशासनविरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ। तथ्य बुझ्दा हुन्छ पनि। छुन, चलाउन नसक्ने। काम गरेर अगाडि बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ। महत्वपूर्ण मन्त्रालयले यसरी जाउँ, उसो गरी जाउँ भन्दा मान्दै मान्दैन। खुट्टा अगाडि लैजान नसकेजस्तो। जनतालाई अलि बढी राहत हुने गरी काम गरौँ, त्यही ढंगले बजेट निर्माण गरौँ, आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन। मन्त्री फेरौँ भन्दा नेताले मान्दैन। त्यसैले नयाँ गठबन्धन बन्यो। त्यो पनि शुद्ध त छैन। अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि। तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गर्नुपर्छ, बहुमत पुर्‍याउनुपर्छ। यो बाध्यता त हुन्छ।’

उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन्। उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्ने उल्लेख गरिन्। देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने उनको भनाइ थियो।

उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिइन्। उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्ने उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता