१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेश प्रदेश सरकारमा एमाले आफ्नो दावि नछाड्ने

२७ फाल्गुन २०८०, आईतवार १०:२९

फागुन २७, जनकपुर | नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा ठुलो दल भ‌एकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए।

उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । 

नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनैपनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दावी छाड्न नहुने भन्दै यसका लाग आफुले पनि केन्द्रिय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भ‌एकाले गठबन्धनमा आवद्ध दलहरुले पनि जनमतको कदर गर्दै निशर्त एमालेले‌ नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।

सनेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, मधेस प्रदेश सदस्यहरुको सहभागिता रहेको छ । 

बैठकले मधेस प्रदेशका जनजिविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह