१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

२९ फाल्गुन २०८०, मंगलवार ०५:३९

फागुन २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ ।

विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको हो । यसमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत प्रतिवद्धता खोजेको छ ।

नेकपा एसका कार्यालय सचिवसमेत रहेका नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पार्टीले अघि सारेको बताए । सचिवालयको म्याण्डेटअनुसार संसदीय दलको बैठकले विश्वासको मतअघि सो प्रतिवद्धता मागेको उनले बताए ।

श्रेष्ठले भने, ‘लिखित प्रतिवद्धता हामीले मागेको हो । एउटा त हाम्रो पार्टीले सुशासन, आर्थिक विकास, राष्ट्रियतालगायतका विषयमा ५ बुँदे शर्त राखेको छ त्यसमा लिखित प्रतिवद्धता मागेका हौं । अर्को कुरा नलुकाई भन्दा प्रधानमन्त्रीदेखि संघ र प्रदेशका सबै संरचनामा पावर शेयरिङ गर्ने लिखित प्रतिबद्धता चाहिन्छ ।’

अहिले नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनमा नेकपा एसले पावर शेयरिङ खोज्ने कुरा स्वाभाविक भएको भन्दै श्रेष्ठले ओलीमा विगतका कमजोरीप्रति परिवर्तन आएको हो भने बिस्तारै नेकपा पुनःस्थापनातर्फ पनि कोर्ष जान सक्ने बताए । तर, अहिले पार्टी एकताको विषय आफूहरूले नउठाएको उनको भनाइ छ ।

नेकपा एसले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चिता समेत खोजेको छ । कांग्रेसले २ वर्ष प्रधानमन्त्री र आउने चुनावमा कम्तीमा २५ सीट जिताउने ग्यारेन्टी गर्दा पनि वामपन्थी सहकार्यको लागि आफूहरूले त्याग गरेकाले ओली र प्रचण्डबाट लिखित प्रतिबद्धता मागेको नेताहरू बताउँछन् । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने श्रेष्ठले बताए 

सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेपछि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग माधव नेपालको छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह