१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फाल्गुन २०८०, मंगलवार ०७:५१

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्।

मतदानमा ५६ जना उपस्थित थिए। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत मात्रै परेको थियो।

सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी छिन्।


दाहालअघि अर्का उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भएको थियो। निर्वाचन प्रक्रियामा सहभागी ५६ मध्ये उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो।

राष्ट्रिय सभामा हुनुपर्ने ५९ सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ। राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने (नो भोट) निर्णय गरेको राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्माले छलफलका क्रममा बोलेका थिए। त्यस्तै अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले मतदानमा भाग लिएकी थिइनन्।

अध्यक्षमा निर्वाचित भएका दाहाल २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए। उनी माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा पनि सहभागी भएका थिए।

२०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएर उनले संसदीय अभ्यास सुरु गरेका थिए। त्यसपछि उनी २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन- ३ बाट निर्वाचित भएका थिए। उनी २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह