१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसलाई स्वर्णिमको जवाफ- गृहमन्त्रीको नैतिकता खोज्नेले प्रधानमन्त्रीको अफर गर्दा खोज्नुभएन

३० फाल्गुन २०८०, बुधबार ०८:२५

फागुन ३०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सहकारी ठगी मुद्दामा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आलोचना गरेको थियो ।

त्यसो जवाफमा वाग्लेले भने, ‘गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो । यहाँ भागीभागी हिँड्नुपरेको छ, च्याप्प सम्मातेर प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ । कांग्रेसका साथीहरुलाई थाहा छ, म प्रमाणविना बोल्दिनँ भन्ने कुरा । हेक्का रहोस्, कांग्रेसले अफर गरेको छैन भने सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन !’

उनले सरकारमा रहेर काम गर्न नसके रास्वपा आफैं सरकारबाट बाहिरिने बताए ।

उपसभापति वाग्लेले गृह मन्त्रालयमा लामिछाने आएपछि सुधारको संकेत देखिसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह