१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचन गर्न ८ करोड खर्च लाग्ने

१ चैत्र २०८०, बिहीबार १०:०७

चैत १, काठमाडौँ | आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ ।

आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।

‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुने छ ।

इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए । 

सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै,नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह