१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नारायणकाजीले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भयो : अजयबाबु शिवाकोटी

२ चैत्र २०८०, शुक्रबार ०७:३५

चैत २, काठमाडौँ |  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तत्कालीन गृहमन्त्री (हाल परराष्ट्रमन्त्री) नारायणकाजी श्रेष्ठले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भएको बताएका छन् ।  सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले अहिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई तत्कालीन गृहमन्त्री श्रेष्ठले जोगाउन खोजेको उनले बताए ।

‘प्रतिवेदनबाट सुन तस्करी प्रकरणमा कसरी मुख्य पात्र र तिनका संरक्षकहरूलाई बचाउन खेल भएको रहेछ भन्ने उजागर भएको छ। अनुसन्धानमा लापरबाही गर्ने सीआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस भएबाट उनलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न क—कसले दबाब दिएका थिए वा उनी आफैले मोलाहिजा राखेकी थिइन खुल्दै जाला,’ उनले लेखेका छन्, ‘तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नालाई बचाउन जुन भूमिका निर्वाह गरेका थिए त्यो उजागर भएको छ ।,’


माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले चलाएको गृह प्रशासनले आफ्नालाई काखा र अरूलाई पाखा गरेको प्रस्ट भएको शिवाकोटीको आरोप छ । ‘सुन तस्करीको आरोपित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवारलाई उन्मुक्ति दिइएको, पूर्व सभामुख कृष्ण बहादुर महरालाई सामान्य सोधपुछ पछि उन्मुक्ति दिइएको, सुन तस्करीमा आरोपित अर्थमन्त्री वर्षमान पुनलाई अनुसन्धानको दायरामै ल्याइएन,’ उनी भन्छन्, ‘बरु सीआइबीको नियन्त्रणमा आएका सुन तस्करीका बिचौलिया जीवन चलाउनेको बयान च्यातेर, प्रमाण नष्ट गराएर नयाँ बयान दिन लगाइ फरार गराइयो।’

चलाउनेले नाम लिएका  पूर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई अनुसन्धानमै उन्मुक्ति दिलाउन समेत नारायणकाजीको शङ्कास्पद भूमिका देखिएको उनको आरोप छ। नयाँ गठबन्धन बन्दा समेत नारायणकाजी गृहमै बस्न मरिहत्ते गरिरहेको पछाडिको रहस्य अपराधमा संलग्न आफ्नालाई बचाउने र अपराधको सफेद सिन्डिकेट चलाउने रहेछ भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको दाबी छ ।

सुन तस्करीमा नाम जोडिएका वर्षमान पुनलाई अर्थ मन्त्रालयमा ल्याउनुले भन्सार विभागले अनुसन्धान गर्न नसक्ने उनले बताए ।

यी सबै घटनाक्रममा वर्तमान गृहमन्त्री रवि लामिछानेले पुरानै नेतृत्वको बाटो पछ्याउँछकी नयाँ ढङ्गले अघि बढ्छ भन्ने हेर्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह