१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्लादिमिर पुटिन फेरि बने रूसको राष्ट्रपति

५ चैत्र २०८०, सोमबार ११:३२

चैत ५, काठमाडौँ | रूसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुन: निर्वाचित भएका छन्।

उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन्। उनले चुनाव जित्ने पक्का नै थियो। 


निर्वाचन जितेसँगै ७१ वर्षीय उनी पाँचौं पटक राष्ट्रपति बनेका छन्। पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा छन्। उनी रूसको इतिहासमा सबभन्दा लामो सरकार चलाउने नेता समेत बनेका छन्। 

पुटिन सन् १९९९ देखि २००० सम्म प्रधानमन्त्री भएका थिए। राष्ट्रपतिको रूपमा उनको पहिलो कार्यकाल सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो।

सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए। सन् २०१२ मा पुन: उनी २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका थिए।

सन् २०१८ देखि २०२४ सम्म चौथो कार्यकालका लागि राष्ट्रपति भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह