१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१० करोडमा बनेको भारतीय एउटा फिल्मले चुपचाप कमायो १०९ करोड

६ चैत्र २०८०, मंगलवार ०९:१८

चैत ६, मुम्बइ | भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्उँछ । 

धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ। यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट २०० करोड रुपैयाँ रहेको बताइएको छ । 

तर एउटा मलयालम फिल्म ‘प्रेमालु’ चर्चामा छ । मात्र १० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०९ करोड कमाएको छ ।


मिडिया रिपोर्टमा भनिएको छ कि यो सन् २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो ब्लकबस्टर हो । फिल्मका सबै पात्र युवा कलाकारले नै निर्वाह गरेका छन् । करिब एक महिना अघि रिलिज भएको ‘प्रेमालु’ सर्वाधिक कमाउने मलयालम फिल्मको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

प्रेमलुका निर्देशक गिरीश एडी हुन् । फिल्ममा नास्लेन के. गफुर, ममिता बैजु, संगीत प्रताप, श्याम मोहन एम, मीनाक्षी रविन्द्रन, अखिला भार्गवन र अल्ताफ सलीम जस्ता कलाकारहरूले काम गरेका छन्। विक्रम र पुष्पा जस्ता चलचित्र निर्माण गरेका फहद फासिलले चलचित्र निर्माण गरेका हुन् ।

यो फिल्म पहिलो पटक मलयालममा रिलिज भएको थियो। प्रतिक्रिया राम्रो आए पछि निर्माताले तेलुगु भाषामा पनि रिलिज गरेका छन् । इन्डस्ट्री ट्र्याकर सक्निल्कको रिपोर्ट अनुसार प्रेमलुको बजेट करिब १० करोड रुपैयाँ रहेको छ । फिल्मले विश्वभर १०९ करोड कमाएको छ । भारतमा सबै भाषामा फिल्मको कलेक्सन ५७.९७ करोड रहेको छ ।

यो फिल्म छिट्टै ओटीटीमा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुन लागेको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । हिन्दी सिनेमा प्रेमलुको नाम धेरैले सुनेका छैनन् तर यो फिल्मले दक्षिणमा चमत्कार गरेको छ, जसले मलयालम फिल्म उद्योगलाई नयाँ ऊर्जा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह