१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

किशोरको सुसाइड नोट : भाइको इच्छा पूरा गरिदिन रवि लामिछानेसँग आग्रह

६ चैत्र २०८०, मंगलवार ०९:३४

चैत ६, सर्लाही | बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनाल शनिबार झुण्डिएको अवस्थामा फेला परे । वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै उनी मृत फेला परेका हुन् । 

उनको हत्या गरिएको हो वा आफैँले आत्महत्या गरेका हुन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनको पाकेटमा भने प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले उनको पाकेटमै उक्त नोट फेला परेको हुनाले उनले नै लेखेको हो कि भन्ने अनुमान प्रहरीले गरेको बताए । यद्यपि उक्त नोटबारे पनि अनुसन्धान भइरहेको छ ।


प्रहरीका अनुसार ती किशोर वीरेन्द्रनगर स्थित साउथ एसिएन बोडिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका उनी सम्पर्क विहीन भएका थिए । 

सुसाइड नोटमा उनले आमा, बुबालाई सम्बोधन गरेका छन् भने वर्तमान गृहमन्त्री रवि लामिछानेलाई समेत सम्बोधन गरेका छन् । लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गरिएको छ, नोटमा । साथै उनले भाइको इच्छा पूरा गरिदिन आग्रह गरेका छन् । साथै लामिछानेलाई ०८४ सालमा प्रधानमन्त्री हेर्न मन भएको तर नपाएको पनि उल्लेख छ । 

परिवारको अवस्था निकै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको शिकार भएको उक्त नोटमा लेखिएको छ । सुसाइड नोटमा भनिएको छ, ‘आमा हजुरको उपचार गर्ने मन थियो, बुबा हजुरको पिल्लर, जग बन्ने मन थियो, सकिन माफ गर्नुहोला । छोरा मर्‍यो नसोच्नुहोला, अर्को छोरा छ भन्ने धारणा मनमा राख्नुहोला ।’ परिवारलाई खुसी बनाउन आएको तर, सानै उमेरका आफू यो अवस्थामा पुगेको भन्दै सबै परिवारलाई सम्झिएको कुरा उल्लेख छ ।

बाबुआमा भारतमा काम गर्दै आइरहेको र छोरा ठुलो मान्छे बनेको हेर्ने रहर आफ्ना बाबुआमाको रहेको बताइएको छ । तर मानसिक बिरामी भएका कारण यो सपना पुरा गर्न नपाएको कुरा पनि उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह