पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ६, पाल्पा । नेकपा (एमाले) पाल्पाका जिल्ला अध्यक्षमा नारायणप्रसाद आचार्य आज सर्वसम्मत चयन हुनुभएको छ ।

आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन हुनुभएको सचिवालय सदस्य देविलाल लामिछानेले बताउनुभयो । अन्य सदस्य चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

अधिवेशनले ५९ जिल्ला सदस्य चयन गर्ने एमालेले जनाएको छ । रासस