2026-07-07 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्रीको निर्देशनमा डिल्लीराम खनाल पक्राउ

बैसाख २०, काठमाडौँ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । अन्तरवार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको स्रोतको दाबी छ ।


उनले झुठा कुरा फैलाएको आरोप  छ । उनीबिरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको पक्राउलाई लिएर कतिपयले भने आपत्ति जनाएका छन् । उनीहरु भन्छन्, ‘जीवी राईको ‘हत्या’भएको कुरो झुटो भए प्रहरीले जीवितै सार्वजनिक गर्नुपर्छ । नभए किन पक्राउ गरियो ?’

डिल्लीराम खनालले भनेका थिए, ‘‘हिजो नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा रवीले म गृहमन्त्री भए २४ घण्टाभित्र पक्राउ गरेर ल्याउँछु भनेका थिए । अहिले किन पक्राउ गरेनन् त ? जिउँदो भए त पक्राउ गरेर ल्याउँथे नि । रविले आफ्नो पोल खुल्छ भनेर मारेर कुन नालीमा फाल्दिसके ।’’

खनाल यसअघि पनि साइबर क्राईमकै मुद्दामा दुई पटक पक्राउ परिसकेका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली