२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ: उपाध्यक्ष पाण्डे

२०८१, २७ बैशाख बिहीबार १२:१५

बैशाख २७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन्। 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

उनले सरकार छोड्ने र रहने बारेमा सञ्चारकर्मीहरुसले गरेको प्रश्नको जवाफमा छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने प्रतिक्रिया दिए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु आज प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गर्नका लागि पुगेका थिए। 


चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा प्रधानमन्त्री दाहालले बजेट निर्माणमा सांसदहरुलाई सहभागी गराउने प्रतिवद्धता जनाउनुभएको तर आगामी आर्थिक वर्षको बजेट आउन लागिसकेपनि त्यसमा चासो नदिएकाले प्रधानमन्त्रीलाई स्मरण गराउन आफूहरु सिंहदरबार आएको उपाध्यक्ष पाण्डेले बताए। 

उनले भने, ‘हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट जुन पेश गर्नुभएको थियो, बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरुलाई छलफल गराइएन, सांसदहरुको भुमिका भएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभाी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ। हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो। बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो। त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो की भनेर सम्झाउन आएका हौँ। छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ।’

तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पेस गर्दा बजेट निर्माणमा सांसदहरुलाई छलफल नगराइएको भन्दै विरोध जनाइएको थियो। विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा सांसदहरुलाई समावेश गरेर बजेट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। 

तर जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने दिन आइसक्दासमेत सांसदहरुलाई बेलाएर छलफल नगराइएको भन्दै नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय