2026-07-07 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेशमा एमाले नेतृत्वको सरकार बन्ने : माओवादी, जनमत र लोसपाको साथ

बैशाख ३०, जनकपुरधाम । मधेश प्रदेशमा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त सरकार बनाउने भएको छ ।

एमालेका केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले चारै दलका नेता हात मिलाएको संयुक्त तस्विर सामाजिक सञ्जालमा शेयर गरेका हुन् । उनले लेखेका छन्- अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेश सरकार बन्नेछ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।


मधेशमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिएसागै उनी अल्पमतमा परिसके । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमालेका एक नेताले भने, ‘मुख्यमन्त्रीले अब विश्वासको मत लिनुपर्ने हुन्छ । तर त्यसअघि बहुमत पुर्‍याएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा नयाँ सरकार बन्छ कि बन्दैन भन्ने विषयमा छलफलमा छौं ।’

उनका अनुसार बहुमत पुर्‍याएर तत्कालै नयाँ सरकार बनाउने व्यवस्था छ भने आजै दाबी पेश गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली