२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ- देउवा

२०८१, ३ जेष्ठ बिहीबार ०६:३५

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।

विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।

ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।

देउवाले भने- 'नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय