Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद्मा बोलेलगत्तै राजीनामा दिने गृहमन्त्री लामिछानेको तयारी

२०८१, ३ जेष्ठ बिहीबार ०८:०९

जेठ ३, काठमाडौँ । संसद्मा बोलेलगत्तै राजीनामा दिने गृहमन्त्री लामिछानेको तयारी, कांग्रेसले गिरिबन्धुको कुरा सदनमा नउठाउनेउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै सदनमा आफ्नो कुरा प्रष्ट पार्ने भएका छन् । आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिनको लागि प्रमुख प्रतिपक्षी दल तयार भएको हो ।

बैठक विहान ११ बजेको लागि बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग सघन छलफल गरेपछि र कांग्रेस सदन खुलाउन लचिलो बन्ने भएपछि सभामुख देवराज घिमिरेलाई फोन गरेर बैठक केही घण्टा पर सार्नको लागि आग्रह गरेका थिए ।

सोहीअनुसार सभामखुले प्रतिनिधिसभाको बैठक ४ बजेको लागि डाकेका छन् । बैठकमा गृहमन्त्री लामिछानेले बोल्ने बताईएको छ । सो क्रममा कांग्रेसको तर्फबाट कुनै अवरोध नहुने बुझिएको छ । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीचको छलफलमा सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउने विषयमा समझदारी बनेको छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई छानबिन समितिलाई १५ दिनको म्याद दिएर काम गर्न दिने र त्यतिञ्जेलसम्म जिम्मेवारीबाट अलग बस्न सुझाएका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा लामिछाने सकारात्मक रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच यस्तो समझदारी बनेको हो भने लामिछानेले आजै संसद्मा आफ्नो सम्बोधन सकिएलगत्तै राजीनामा घोषणा गर्नसक्ने बुझिएको छ ।

यस्तै, गिरिबन्धु टि–स्टेटको विषयमा नेपाली कांग्रेसले सदनमा कुरा नउठाउने गरि दलहरुबीत समझदारी बन्न लागेको छ । उक्त प्रकरणमा सर्वोच्च अदालतको फैसला आइसकेकोले कांग्रेसले सो विषय सदनमा प्रवेश नगराउनेगरि बालुवाटारमा समझदारी बनेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ