१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुल ढकालको दाबी- मेरो स्पष्टीकरण पार्टी कार्यालयले दर्ता गर्न मानेन

२१ असार २०८१, शुक्रबार ०९:३१

असार २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट निलम्बनमा परेका डा. मुकुल ढकालले स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नमानेको दाबी गरेका छन्।

ढकालमाथि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।

उक्त स्पष्टीकरण आफूले बुधबार पार्टी कार्यालयमा बुझाउन खोजे पनि बुझ्न नमानिएको ढकाल दाबी गर्छन्।

‘मैले स्पष्टीकरण पार्टी कार्यालयमा बुझाउन खोजेको दर्ता नै गरिएन,’ ढकालले भने, ‘सभापतिको आदेशअनुसार मेरो स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नै मानेन। स्पष्टीकरण दिएन भनेर मलाई कारबाही गर्न खोजिँदैछ।’

ढकाललाई रास्वपाले असार १९ गते सात दिनका लागि महामन्त्रीबाट निलम्बन गरेको थियो।

ढकालले पार्टी अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु