२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जीबी राईसहित फरार भएकाहरूलाई नेपाल ल्याउन सरकारले ध्यान नदिएको छानबिन समितिको निष्कर्ष

२०८१, २१ असार शुक्रबार ११:०१

असार २१, काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिका संयोजक सूर्य थापाले जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा आफूहरू पुगेको बताएका छन् ।

उनले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए ।


शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

उनीहरूसँगको छलफलपछि थापाले सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवाह भएको जानकारी सरकारी संयन्त्रले दिएको बताए । 

संयोजक थापाले समितिको टीओआरबमोजिम अनुसूची २ मा रहेको ९ वटा सहकारीबारे जानकारी लिएको बताए । साथै, सहकारी प्रकरणमा जोडिएका जीबी राई, भरत महर्जन, कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी र रोशनी गुरुङसहितका व्यक्तिहरूबारे पनि जानकारी लिने काम भएको उनको भनाइ छ ।

गृह प्रशासनले बचतकर्ताको बचत फिर्ता गर्न अहिलेकै प्रक्रियाबाट सम्भव नदेखिएको जानकारी आफूहरूलाई गराएको पनि उनले बताए ।

उनले आगामी बैठकमा राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा