१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जीबी राईसहित फरार भएकाहरूलाई नेपाल ल्याउन सरकारले ध्यान नदिएको छानबिन समितिको निष्कर्ष

२१ असार २०८१, शुक्रबार ११:०१

असार २१, काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिका संयोजक सूर्य थापाले जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा आफूहरू पुगेको बताएका छन् ।

उनले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए ।


शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

उनीहरूसँगको छलफलपछि थापाले सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवाह भएको जानकारी सरकारी संयन्त्रले दिएको बताए । 

संयोजक थापाले समितिको टीओआरबमोजिम अनुसूची २ मा रहेको ९ वटा सहकारीबारे जानकारी लिएको बताए । साथै, सहकारी प्रकरणमा जोडिएका जीबी राई, भरत महर्जन, कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी र रोशनी गुरुङसहितका व्यक्तिहरूबारे पनि जानकारी लिने काम भएको उनको भनाइ छ ।

गृह प्रशासनले बचतकर्ताको बचत फिर्ता गर्न अहिलेकै प्रक्रियाबाट सम्भव नदेखिएको जानकारी आफूहरूलाई गराएको पनि उनले बताए ।

उनले आगामी बैठकमा राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु