१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुप्रिम सहकारीबाट जिबी राईका कम्पनीमा ६३ करोड रकम प्रवाह, गोरखा मिडियामा मात्रै करिब ११ करोड

२१ असार २०८१, शुक्रबार ११:२३

असार २१, काठमाडौँ । सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी राई आबद्ध कम्पनीमा प्रवाह भएको जानकारी दिइएको छ। सहकारीसम्बन्धी संसदीय समितिको शुक्रबार बसेको बैठकमा प्रहरी अधिकारीहरूले उक्त कुरा पुष्टि गरेका हुन्।

समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताए। त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताए।

त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए। तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ। अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन्। काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन्।

संयोजक थापाका अनुसार प्रहरीले ११५० प्रतिवादीमध्ये २९४ जनालाई पक्राउ गरेको छ। ८५६ जना अझै फरार छन्। फरार रहेका कतिपय प्रतिवादी विदेशमा रहेकाले रेडकर्नर नोटिससमेत जारी गरिएको प्रहरी अधिकारीहरूले बताएका थिए। जिबी र राई र देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको संयोजक थापाको भनाइ छ।

प्रहरी उजुरी भएको ठगी मुद्दा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबर रहेको प्रहरी अधिकारीहरूले बताएका थिए। सहकारीसम्बन्धी संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु