२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुप्रिम सहकारीबाट जिबी राईका कम्पनीमा ६३ करोड रकम प्रवाह, गोरखा मिडियामा मात्रै करिब ११ करोड

२०८१, २१ असार शुक्रबार ११:२३

असार २१, काठमाडौँ । सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी राई आबद्ध कम्पनीमा प्रवाह भएको जानकारी दिइएको छ। सहकारीसम्बन्धी संसदीय समितिको शुक्रबार बसेको बैठकमा प्रहरी अधिकारीहरूले उक्त कुरा पुष्टि गरेका हुन्।

समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताए। त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताए।

त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए। तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ। अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन्। काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन्।

संयोजक थापाका अनुसार प्रहरीले ११५० प्रतिवादीमध्ये २९४ जनालाई पक्राउ गरेको छ। ८५६ जना अझै फरार छन्। फरार रहेका कतिपय प्रतिवादी विदेशमा रहेकाले रेडकर्नर नोटिससमेत जारी गरिएको प्रहरी अधिकारीहरूले बताएका थिए। जिबी र राई र देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको संयोजक थापाको भनाइ छ।

प्रहरी उजुरी भएको ठगी मुद्दा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबर रहेको प्रहरी अधिकारीहरूले बताएका थिए। सहकारीसम्बन्धी संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन