५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, पार्टी सिध्याउन षड्यन्त्र गरेको आरोप

३० श्रावण २०८१, बुधबार ०८:१७

साउन ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत बर्खास्त गर्ने प्रक्रिया थालेको छ । यसका लागि ढकाललाई रास्वपाले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ । 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षर रहेको पत्रमा ढकालले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रस्वरुप अन्य दलका नेतालाई भेट गरेको आरोप लगाइएको छ । तीन दिनअघि ढकालले एमाले अध्यक्ष केपी ओलीसँग भेटेको सार्वजनिक गरेका थिए ।


‘उल्लिखित विषयमा मिति २०८१।०४।२५ को केन्द्रीय समितिको निर्णय बमोजिम तपाईंलाई पार्टीले महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय सदस्यबाट पदमुक्त गरेसँगै आफूमाथि गरिएको कारबाही मनासिब नलागेमा पार्टी विधानको धारा ५७ बमोजिम पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरूबाट पार्टी हित विपरीत गई पार्टी तथा पार्टीका नेताहरूको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्नेजस्ता क्रियाकलापहरूमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरू समेतबाट देखिएको छ’, रास्वपाले सोधेको स्पष्टीकरणमा  भनिएको छ, ‘साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ ।’

पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय भएको भन्दै पार्टीको साधारण सदस्यबाट हटाउनुनपर्ने जवाफ २४ घण्टाभित्र पेश गर्न ढकाललाई भनिएको छ । रास्वपाले यसअघि उनलाई महामन्त्री तथा प्रवक्ता पदबाट बर्खास्त गरेको थियो । यद्यपि, आफ्नो बर्खास्तीलाई उनले अवैधानिक भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता