२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसले भन्यो- माओवादीसँग छलफल चलिरहेको छ, तत्काल एकताको कुरा छैन

२०८१, ३१ श्रावण बिहीबार १०:२१

साउन ३१, काठमाडौं | नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग पनि एकीकरण गर्ने कुरा नचलेको प्रष्टीकरण दिएका छन् ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्न वार्ता सकारात्मक भएको चर्चापछि उनले कम्युनिष्ट पार्टीबीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलिरहेको बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीहरुको बीचमा समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षहरुमा समीक्षा गर्न छलफल चालिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन ।’

उनले सबै राजनीतिक दलका आआफ्ना कार्यनीति हुने उल्लेख गर्दै त्यसबाट बहकिँन नहुने उनको मत छ ।

उनले थपे, ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिष्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो यो परिचयलाइ मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’

आज बिहान खुमलटारमा माओवादीका अध्यक्ष प्रचण्डसँग नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको भेटमा पार्टी एकता गर्न वार्ता सकारात्मक भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !