२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जादै

२०८१, २ भाद्र आईतवार ०३:००

भदौ २, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।

साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ । उनी भ्रमण पुरा गरि विहिबार स्वदेश फर्किने तालिका रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !