२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रकाशबहादुर बने भौतिक पूर्वाधार मन्त्री, मनाङेलाई वन

२०८१, १७ भाद्र सोमबार ०७:३६

भदौ १७, काठमाडौँ । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । एमालेबाट केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदा प्रकाशबहादुरले भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्रालय प्राप्त गरेका छन् । केसी अघिल्लो चुनावताका राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।


एमालेबाट पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।

एमालेका ४ मन्त्रीमध्ये पद्मा र मित्रलाल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह तथा कृष्ण र प्रकाशबहादुर खगराज पक्षधर हुन् ।

कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री, आर्थिक मामिलामा डा. गुरुङ यथावत छन् । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीकै जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री सुरेन्द्रराजले एमालेका ४ मन्त्रीको नियुक्ति र मनाङेको जिम्मेवारी हेरफेरसँगै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । केन्द्रीय समीकरण बनेको ठ्याक्कै दुई महिनापछि पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । मन्त्रीहरुको केहीबेरमा सपथ हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण