कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्"/>
2026-09-20 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुलुकलाई समाजवाद उन्मुख शिक्षा आवश्यक– शिक्षामन्त्री पौडेल

कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्षामन्त्री धनीराम पौडेलको भनाई थियो । शिक्षा ऐन संशोधन गरेर मात्र
प्रेस सेन्टर नेपाल पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो भनाई राखेका हुन् । मुलुकलाई समानता र न्याय दिलाउन सक्ने शिक्षाको खाँचो रहेको शिक्षामन्त्री पौडेलले बताए । तत्कालै यही राजनीतिक अवस्थामा शिक्षा प्रणालीको पूर्ण रुपान्तरण गर्न नसके पनि शिक्षा क्षेत्रको सुधार गरी समाजवाद उन्मुख शिक्षाका लागि आवश्यक पहल भने गरिएको उनको दावी छ । अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न आफू लागि परेको शिक्षामन्त्री पौडेलले बताए । अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न सरकार लागि परेको उनको भनाई छ । अस्थायी शिक्षकहरुलाई सेवाको अवधि हेरेर अवकाश लिन चाहनेलाई एकमुष्ट रकम दिई विदाई गर्ने र शिक्षा सेवामै बसेर काम गर्छु भन्नेहरुलाई आन्तरिक प्रतिस्पर्धा मार्फत् स्थायी बनाउने प्रकृया थालिएको शिक्षा मन्त्रीले खुलासा गरे । शिक्षामन्त्री पौडेलले शिक्षक सेवामा रहेका शिक्षकहरु राजनीतिक पार्टीमा लाग्न नहुने भन्दै यदि लागेमा बर्खास्त गरिने चेतावनी दिए ।
पत्रकार सम्मेलन लगत्तै गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री पौडेलले सरकारले छोटो समयमै धेरै जनमुखि कार्यक्रम ल्याएको उल्लेख गर्दै भने –‘सरकारले कार्यक्रम मात्र ल्याएर केही हुँदैन । यसलाई जिल्लामा रहेका पार्टी कार्यकर्ताहरुले पनि सक्रिय भई जनता सामु पुराउनु पर्छ ।’ संविधान संशोधनको विषयमा पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदै शिक्षा मन्त्री पौडेलले सवै राजनीतिक दलहरुको सकारात्मक पहलबाट संविधान संशोधन भई चैत्र भित्र नै चुनाव हुने तवरबाट कार्य अगाडि बढेको जानकारी दिए ।
सेन्टरका पर्वत अध्यक्ष प्रनिश गिरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन उपाध्यक्ष देवराज पुरीले गरेका थिए भने स्वागत मन्तव्य राख्दै सदस्य राजु विकले पर्वतको समग्र पत्रकारिता र शैक्षिक अवस्थाबारे संक्षेपमा जानकारी गराएका थिए ।
पर्यटकीय जिल्ला पर्वत आईपुगेका शिक्षामन्त्री पौडेलले अग्ला झोलुङगे पुलहरुका अवलोकन गरे । पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण र जिल्लाको समग्र वस्तुस्थितिबारे शिक्षामन्त्री पौडेललाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुँवर र शंकर गिरीले जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो