2026-06-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा एक नगरपालिका सहित १० गाउँपालिका बनाउने प्रस्ताव

कृष्ण कँडेल । कात्तिक २०, बाग्लुङ | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति बागलुङले दोस्रो पटक जिल्लामा ११ वटा स्थानीय निकायको प्रस्ताव तयार गरेको छ । 

प्राविधिक सहयोग समितिले एक नगरपालिका र १० वटा गाउँपालिका रहने गरी नयाँ प्रस्ताव हिजो जिल्लामा क्रियाशिल राजनीतिक दलहरुबीच छलफलको लागि प्रस्ताव गरेको हो । पहिलो पटक जिल्लामा एक नगरपालिका र ६ गाउँपालिका रहने गरी आयोगमा पठाइएको प्रस्तावमा विभिन्न गाविसबाट सच्चाउनु पर्ने माग आए पछि पुर्नविचार गरी नयाँ प्रस्ताव छलफलको लागि प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नयाँ प्रस्ताव अनुसार बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा ४ ओटा गाउँपालिका प्रश्ताव गरिएको छ । बुर्तिबाङ गाविस रहने स्थानिय निकायलाई फेरी पनि गाउँपालिका नै सिफारिस गरिएको छ । ईलाका नम्बर–१० मा भिमगिठे र दर्लिङ राखेर एउटा गाउँपालिका प्रश्ताव गरिएको छ । 

बूर्तिवाङ्ग गाविस पर्ने स्थानिय गाउँपालिकामा बुर्तिबाङ, अधिकारीचौर, बोवाङ्ग, र राजकुत गाविसमा भिमगिठे र दर्लिङ्गलाई पनि राखिएको छ । यो गाउँपालिकामा ३७ हजार एक सय ७३ जनसंख्या रहेको प्रश्तावमा उल्लेख छ ।  ईलाका नम्बर–१२ मा पर्ने तमानखोलालाई गाउँपालिका प्रश्ताव गरिएको छ । खुंगा, खुंखानी, बोङ्गादोभान, तमान गाविस रहने गाउँपालिकामा १४ हजार ३ सय ३२ जनसंख्या रहेको छ ।  

ईलाका नम्बर–१३ मा पर्ने निसीखोलामा तिनओटा गाविस राखेर गाउँपालिका प्रश्तव भएको छ । यो गाउँपालिकामा निसी, बोहोरागाउँ, देवीस्थान गाविसलाई प्रस्ताव गरिएको छ ।

यस गाउपालिकामा २० हजार ६ सय ११ जनसंख्या रहेको बताइएको छ ।

सिसाखानी, दगातुन्डाँडा, जलजला, ग्वालीचौर, रणसिंहकिटेनी, रिघा र पाण्डवखानी ७ ओटा गाविसलाई समेटेर अर्को गाउँपालिका प्रश्ताव गरिएको छ ।  यस अघि गलकोट नगरपालिकामा राखिएका रिघा र पाण्डवखानी गाविस यो प्रश्तावमा एता परेका छन् । यो गाउँपालिकामा २५ हजार ६६ जनसख्या रहेको छ ।  

यस्तै, यसअघि गलकोट नगरपालिका बनार्ईका गाविस अहिले ३ ओटा गाउँपालिकामा परेका छन् । हटिया, काँडेवास, मल्म, हरिचौर, नरेठाँटी, दुदिलाभाटी लाई पनि गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा २६ हजार  सय ९५ जनसंख्या रहको छ । माथिल्लो गलकोटको तारा, अर्गल, हिल र अमरभूमीलाई छुट्टै गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा १२ हजार ९  जनसंख्या रहको छ । 

बागलुङ नगरपालिकामा मालिका, पाला, सिगाना, तित्याङ्ग, भकुण्डे, रायडाँडा गाविस समावेश गरिएको छ । यसरी छ गाविस र हालको नगरपालिकाको सहित प्रस्तावित नगरपालिकामा ४८ हजार ३६ जनसंख्या रहने छ । 

अमलाचौर, पैयुपाटा र नारायणस्थान तिनओटा गाविसको गाउँपालिका बनाईएको छ । यो गाउँपालिकाम जनसंख्या१२ हजार ५ सय चार रहेको छ ।  

कुश्मीसेरा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, सर्कुवा, पैयुथन्थाप, दमेक, राङ्गखानी वडा नम्बर १ देखी ७ सम्मको भुभागलाई अर्को गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा ३१ हजार ३ सय ७४ जनख्या रहेको छ । 

भीमापोखरा, धम्जा, तंग्राम, विहुँकोट, लेखानी, रेश गाविसलाई पनि गाउँपालिकाको रुपमा प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा २३ हजार ३ सय ६६ रहको छ ।  हुग्दीसिर, धुल्लुबाँस्कोट, बाटाकाचौर, सल्यान, सुखौरा, राङखानी ८ र ९ नम्वर वडा गरेर बनाइएको गाउपालिकामा १५ हजार एक सय ६४ जनसंख्या रहनेछ । 

प्रस्तावित खाकालाई राजनीतिक दलहरुसँग छलफल गरी अन्तीम टुङ्गो लगाईने स्थानीय विकास अधिकारी आचार्यको भनाई रहेको छ । स्थानीय तह पुनसंरचना आयोगले कात्र्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने म्याद तोके पछि प्राविधिक समस्याको कारण केही ढिला हुने उहाँको भनाई रहेको छ । राजनीतिक सहमतिको आधारमा स्थानीय निकायको टुङ्गो लगाईने आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक