2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भिङगिठे केन्द्र हुने गरि गाउँपालिका माग

कृष्ण कँडेल । कात्तिक २०, बागलुङ | भिङगिठेका स्थानिय राजनैतिकदलले स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाएका छन् । यस अघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्यक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जने निर्णय गरेका हुन् ।    

आज भएको सर्वदलिय बैठकले रणसिंहकिटेनी, ग्वालीचौर, दर्लिङ र भिङगिठे गाविसको गाउँपालिका बनाउन पहल गर्ने निर्णय गर्दै त्यसका लागि भोलि जिल्ला प्राविधिक सहयाग समिति र दलका नेतृत्व समक्ष डेलिकेशन जाने भएको छ ।  

नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताउनुभो । यि चार गाविसको जनसंख्या १९ हजार ३ सय ४९ रहेको छ । 

गाउँपालिकाको लागि २२ हजार जनसंख्यामा १५ प्रतिशत तलमाथि गर्न सकिने भएकाले चार ओटा गाविसलाई जनसंख्याका आधारमा पनि गाउँपालिका बनाउन सकिने नेपाली काँग्रश गाउँ कार्यसमितिका सभापती कृष्ण गुरुङले बताउनुभयो । सभापती गुरुङले अहिले आफ्नो गाविसको सर्वदालिय बैठक गरि अरु तिन गाविसलाई पनि भिङगिठे केन्द्र हुने गरि गाउँपालिकामा आउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो । 

नेकपा एमालेका प्रतिनिधि दिपक रायमाझिले निर्णय कार्यान्वयनको पहल गर्न अरु गाविससँग छलफल गर्ने र भोली नै जिल्लाका राजनैतिक दल तथा प्रविधिक समितिमा डेलिकेशन जाने बताउनुभयो । जिल्ला प्रविधिक समितिको अघिल्लो प्रश्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । शुक्रवार जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई