सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

<"/>
2026-09-19 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधन प्रक्रिया अन्तिम चरणमा: सभामुख घर्ती


सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

संविधान संसोधनका बिषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुद दलहरु बीच गम्भीर छलफल अन्तिम चरणमा रहेकोले संविधान संसोधन छिटै शुरु हुने बताईन् । तिहार मनाएर गृह जिल्ला रोल्पाबाट आईतबार काठमाडौँ फर्किने क्रममा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ दाङले आयोजना गरेको स्वागत तथा दिवाभोज कार्यक्रममा सहभागी हुनु भएकी सभामुख घर्तीले स्थानिय सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै यस्तो बताईन् । 

उनले संविधान संसोधनका बिषयमा दलहरु गम्भीर रुपमा अगाडी बढ्नु भएकोले छिट्टै नै संसोधनको विधेयक संसदमा पेस हुने विश्वास समेत व्यक्त गरिन् । सभामुख घर्तीले संविधान कार्यान्वयन प्रक्रिया समेत केही हद सम्म अघि बढि सकेको बताईन् । 

संविधान कार्यान्वयन अन्र्तगत आयोग सम्बन्धी ऐन पारित हुनुका साथै निर्वाचन सम्बन्धी बिधेयक समेत समितीबाट संसदमा पेस गर्ने तयारी रहेको जानकारी दिईन् । संविधान संसोधन र संविधान कार्यान्वयन प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहमति बिना सम्भव नरहेको दाबी गरिन् । उनले यी दुबै बिषयमा प्रतिपक्ष दल एमालेले सहयोग गर्नेमा पूर्ण बिश्वस्त रहेको बताईन् । 

सभामुख घर्तीले स्थानिय निकायको पुर्नसंरचनाको बिषयमा जनताको मत आउनु अत्यन्तै राम्रो र लोकतन्त्रको सुन्दरता नै यही भएको बताईन् । उनले यस्तो बिबाद देश भरिबाट नै आईरहेको छलफलबाटै सहमति खोजिनु पर्ने बताईन् । 

उनले स्थानिय निकाय र संसदीय निर्वाचनका लागि सरकारको प्राथमिकताको बिषय रहेको र सबै दलहरु निर्वाचन गरिनु पर्ने माग पनि रहेको बताईन् । स्थानिय निकायको निर्वाचन हुन नसक्दा कार्य सम्पादन जटिल बन्दै गएकोले छिटै नै निर्वाचन हुनु पर्ने बताईन् । 

सभामुख घर्तीले लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराए पछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमति पछि समितीमा पठाउने बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा