2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँपालिका बनाउने विषयमा राजकुत कांग्रेसमा विवाद चुलियो

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । स्थानिय निकाय गठनको विषयलाई नेपाली कांग्रेस गाउँ कार्य समिति राजकुतमा विवाद् चुलिएको छ । 

सभापति तेजेन्द्र विक्रम कुँवरको अनुपस्थितीमा आज भएको गाउँ कार्यसमितिको बैठकले समन्वय विनै राजकुतलाई बुर्तिबाङतिर राख्नका लागि लविङ गरेको भन्दै सभापतीबाट ३ माहिनाका लागि हटाउने निर्णय भएको खवर प्राप्त भएको छ । 

सभापती कुँवरले भने देविस्थान केन्द्र नहुने अवस्थामा निसीखोलामा जाने त्यसो नभए बुर्तिबाङतिरै जाने गरि भएका निर्णय अनुसार आफुले छलफल गर्ने गरेको बताउनुभएको छ ।  गाउँ कार्यसमितिको बैठकमा सहमागी जिल्ला सदस्य प्रकाश कुँवरले १५ सदस्यीय कार्यसमितिमा १४ जनाको उपस्थिती र ३३ सदस्यीय क्रियाशिलमा २९ जनाको उपस्थितीमा बैठक गरि सभापती कुँवरलाई हटाउने निर्णय भएको बताउनुभयो । 

उपसभापती लालबहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले निसीखोला गाउँपालिकामै जाने निर्णय गर्दै सभापतीलाई हटाउने गरि भएको निर्णय क्षेत्रीय समिति र जिल्ला समितिमा पनि सिफारि गर्ने निर्णय भएको जिल्ला सदस्य कुँवरले जानकारी दिनुभयो । 

उहाँले आजको बैठकबाट राजकुतलाई निसीखोला गाउँपालिकामै राख्ने र पार्टिको माथिल्लो समितिमा आजको निर्णय पठाई त्यसै अनुसार कार्यान्वयन गर्न पलह गर्ने गरिने बताउनुभयो । त्यसका लागि अन्य पार्टिहरुसाँग छलफल गरि जिल्लामा डेलिकेशन जाने निर्णय भएको छ । 

पार्टि सभापती सच्चीएर आजको निर्णय मानेको अवस्थामा कारवाहि फिर्ता गरिने बताउनुभयो । 

गाउँ कार्यसमितिका क्रियाशिल सदस्य रामबहादुर गुरुङले आज बैठक पनि नभएको र बैठक नै नभएपछि निर्णय कसरी हुन्छ ? भन्ने प्रश्न गर्नुभएको छ । कसैले ब्यक्तिगत पुर्वाग्रह र स्वार्थकाल लागि के गर्छ भन्ने कुराको कुनै अर्थ नहुने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई