Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउन सकिन्न: पोखरेल

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने  बताएका छन् ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गरे ।

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताए । “संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैन” उनले भने– “लागू गर्न खोजिए पार्टीले अस्वीकार गर्छ ।”

संविधान कार्यान्वयन जनपरिचालन अभियानका क्रममा आइतबार खोटाङ आउनुभएका महासचिव पोखरेलले नेपालमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताए । निर्वाचन प्रक्रिया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देश विदेशका शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको आरोप लगाए ।

महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिक रुपमा नल्याइएको बताए । संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनुपर्ने उनको भनाई छ ।

अर्को प्रशङ्गमा लोकमानको नियुक्तिका विषयमा सुरुमै विवाद भएको पत्रकार सम्मेलनमार्फत स्पष्ट पारे । “लोकमानलाई असावधानीपूर्वक नियुक्ति गरिएको थियो ।” उनले भने– “हामीले विवादित व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भनेका थियौँ ।”

दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको टिप्पणी गरे ।