2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दर्लिङलाई बढिघाट गाउँपालिका नै उपयुक्त

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । दर्लिङका राजनैतिक दलले स्थानिय निकाय गठन सम्बन्धमा पछिल्लो पटक जिल्ला प्राविधिक समितिले गरेको प्रश्ताव नमान्ने बताएका छन् । 

कात्तिक १९ गतेको सर्वदलिय बैठकमा जिल्ला प्राविधि समितिले दर्लिङलाई बुर्तिबाङसँग राख्ने गरि गाउँपालिका पश्ताव गरेको थियो । जिल्ला प्राविधिक समितिको प्रश्ताव स्विकार नगर्ने उनिहरुको भनाई छ । 

भौगोलिक रुपमा दुर्गम रहेकाले बुर्तिबाङ पायक नपर्ने, विकासका पुर्वाधार प्रयाप्त नभएको र नगरपालिका बनेपछि उल्टै महङ्गो कर तिर्नुपर्ने भन्दै उनिहरुले यस अघि प्रश्तावित बढिघाट गाउँपालिकामै जाने बताएका छन् । 

नेपाली काँग्रशका गाउँ कार्यसमिति सभापति भरत केसी, एमालेका कृष्ण केसी, माओवादी केन्द्रका अध्यक्ष विरेन्द्र बुढा, राष्ट्रिय जनमोर्चाका धनबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टिका दुर्गा बुढाले अहिले प्रश्तावित गाउँपालिका अन्तरगत बुर्तिबाङमा जान नसकिने बताएका छन् । 

उनिहरु यस अघि जिल्ला प्राविधिक समितिले प्रश्ताव गरे अनुसार बढिगाघाट गाउँपालिकामै राख्नका लागि दवाव दिन जिल्ला सदरमुकाम पुगेका छन् । स्थानिय राजनैतिक दलले भिमगिठे र ग्वालीचौरको विचमा केन्द्र हुनुपर्ने माग गरेको स्थानिय सञ्चारकर्मी मोहन बुढाले जानकारी दिनुभएको छ ।  बुर्तिबाङ केन्द्र हुँदा सेवा लिन असहज हुने उनिहरुको तर्क छ । 

कार्तिक १९ गते जिल्ला प्राविधिक समितिले दर्लिङलाई बुर्तिबाङ, बोबाङ, अधिकारीचैर, राजकुत र भिमगिठेसँग राखि गाउँपालिका प्रश्ताव गरेको थियो । बुर्तिबाङका राजनैतिक दलले पनि यहि प्रश्ताव अनुसार दर्लिङलाई पनि समेटेर गाउँपालिका नभई नगरपालिका बनाउनुपर्ने माग राख्दै आएका छन् । उनिहरुपनि डेलिकेशनमै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई