2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ईलाका नम्बर ११ को गाउँपालिका माग

कृष्ण कँडेल/ कात्तिक २४, बागलुङ । भिङगिठेका राजनैतिकदलको अगुवाईमा ईलाका नम्बर–११ मा पर्ने ५ ओटा गाविसलाई समेटेर गाउँपालिका माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै ईलाका नम्बर–११ मा पर्ने भिमगिठे, दर्लिङ, ग्वालीचौर, जलजला र दगातुन्डाँडा गाविसलाई समेटेर गाउँपालिका बनाउन माग गरेका हुन् । 

उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाउँदै जिल्ला प्रविधिक समितिलाई सोमबार नै माग राखेका थिए । 

आज जिल्लाका राजनैतिक नेतृत्वलाई आफ्ना माग सहितको ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । यस अघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्यक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जने बताएका छन् । 

गाउँपालिकाको केन्द्र ग्वालिचौर र भिमगिठेको विचमा राख्न सकिने एमालेका दिपक रायमाझीले बताउनुभयो । डेलिकेशन टोलिमा भिमगिठेबाट काँग्रशका दिपेन्द्र केसी, एमालेका कृष्ण भट्टराई सहभागी थिए । दर्लिङबाट काँग्रेशका भरतप्रताप केसी, एमालेका दिपक रायमाझि सहभागी थिए । ग्वालीचौरबाट काँग्रशका अर्जुन खरेल, एमालेका कमल आचार्य र माओवादीका राजिव घिमिरे सहभागी थिए । 

नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताउनुभो । 

रणसिंहकिटेनीले भने ईलाका नम्बर–९ का पाण्डखानी, सिसाखानी र रिघासँग ४ गाविसको गाउँपालिका बनाउन माग गरेको र त्यसो नभए ग्वालीचौर सहितको केन्द्रमा जाने मत राख्ने गरेको बताईन्छ । दगातुन्डाँडाले खर्बाङ केन्द्र बनाउनुपर्ने माग गर्दै आएको छ । भिमगिठे, दर्लिङ र ग्वालीचौरले अपायक पर्ने भन्दै खर्वाङ केन्द्र नमान्ने बताउने गरेका छन् । यि चार गाविसको विचमा केन्द्रको बार्गिनिङ हुँदै आएको छ । 

जिल्ला प्रविधिक समितिको अघिल्लो प्रश्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । कात्तिक १९ जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई