Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक २६ गते, अपराह्न ५:१६ बजे काठमाडौँ - KTM, मोरङ्ग - MRG, राजनीति

व्यापारीका समस्या समाधान गर्न आफू प्रतिबद्ध – प्रधानमन्त्री दाहाल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २६, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको विकासका लागि आफूले अहम् भूमिका खेल्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको समस्या समाधान, छ लेनको सडक निर्माण र विमानस्थलको विस्तार र निर्माण कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

उद्योगी व्यापारीबाट आएको सुझावलाई कार्यसूची बनाएर सरकारले पूरा गर्दै जाने बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको बारेमा जानकारी लिन आपूm देश भ्रमणमा लागेको जानकारी गराउनुभयो ।

भारतले जुटमा लगाउन लागेको ‘एन्टिडपिङ्ङ’ कर नलगाउन आपूmले भारतका प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

मोरङ–सुनसरीमा रहेका उद्योग विकासका लागि सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । रासस