2026-09-18 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा मतदाता नामावली संकलनको तयारी नपुगेको गुनासो

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको मतदाता नामावली अद्यावधिक गर्न छुट्यार्ईको समय र तयारी दुर्गम ठाउँका लागि प्रयाप्त नभएको सरोकारवालाले गुनसो गरेका छन् । 

बागलुङका ५९ ओटै गाविस र एक नगरपालिकामा कार्तिक २८ गते आईतवार देखि मंसिर २३ गतेसम्म मतदाता नमावलीमा दर्ता गर्ने, नाम थर तथा ठेगनामा त्रुटि भए सच्याउने, मृतकको नाम हटाउने तथा दावि विरोध भए निवेदन गर्न सकिने गरि अभियान थालिएको छ । 

कम्तिमा एक हप्ता अघि जानकारी आउनु पर्नेमा एक्कासी टोलि आएकाले गाउँका नागरिकलाई सुचना सम्म पु¥याउन नसकिएको नेकपा माओवादी केन्द्र बोबाङका अध्यक्ष सेरमान घर्तीले जानकारी दिए । 

‘बोबाङको एक छेउको सिमानादेखि अर्कोमा पुग्नै तिन दिन लाग्छ ।’ घर्तीले भने, ‘धेरै गाउँमा फोन सम्पर्क पनि हुँदैन, दुई दिनको समय छ, २० प्रतिशतको नामावली संकलन गर्न पनि नसकिएला ।’  

ढोरपाटनका लागि नामावली संकलन त्यहिँ केन्द्र राख्नुपर्ने स्थानियको माग छ । ‘शुकुरदुममा राखिएको केन्द्रमा आउन ढोरपाटनवासी ५ घण्टा हिँडेर आउनुपर्छ ।’ घर्तीले थपे, ‘उनिहरु त सवै छुट्ने भए ।’

बोबाङका गाविस सचिव तथा सहायक नाम दर्ता अधिकारी हिमलाल सापकोटाले सामाजिक सुरक्षा भत्ता वितरणको कामले गाउँमै रहेकोमा निर्वाचन कार्यालयले अचानक सदरमुकाम बोलाएर कात्तिक २४ गते बैठक गरि तुरुन्तै गाउँ पठाएकाले सवैलाई खवर गर्न समेत नपाएको गुनासो गरे ।  

ज्ञानोदय मावि बोबाङका प्रधानाध्यापक यमबहादुर कायतले भौगोलिक रुपमा विकट र निकै ठुलो क्षेत्र भएकाले छोटो समयमा मतदाता नामावाली संकलन गर्दा अधिकांश नागरिक छुटेका बताए । 

उता निसीमा पनि दुई दिनको मात्र समय प्रयाप्त नभएको गाविस सचिव तथा नाम दर्ता अधिकारी ईन्द्र शाक्यले बताए । 

राजनितिक पार्टि, गाविस सचिव, सञ्चारकर्मी तथा सरोकारवालालाई जिल्लामा बैठक गरेर अभियानमा सहयोग गर्न आग्रह गरिएको र सञ्चार माध्यमबाट समेत सुचना प्रसारण गरिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । उनले विचमा अलि धेरै विदा परेका कारण गाविसमा पुग्न ढिलाई भएको स्विकार गरे ।    

दुई दिनमा बोबाङमा ५१ जनाको फोटो खिचाई मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । १५ पहिला र ३६ पुरुशका फोटो सहितको मतदाता नामावली संकलन भएको हिमलाल सापकोटाले बताए । एक जनाको ठेगानामा भएको त्रुटि सच्याईएको छ । 

निसीमा ५८ जनाले फोटो खिचाई नाम दर्ता गरेका छन् । १३ जना महिला र ४५ जना महिलाको नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिएको गाविस सचिव तथा सहायक नामदर्ता अधिकारी ईन्द्र शाक्यले जानकारी दिए । 

दुई दिन फोटा खिचाएपछि डाटा अपरेटर अर्को गाविसमा जानुपर्ने भएकाले नयाँ मतदाता नामावाली संकलन नहुने र अब दुवै गाविसमा दावि विरोध र त्रुटि सच्याउने काम हुने नाम दर्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई