ताराबहादुर महत/कात्तिक ३०, दोलखा । स्थानिय निकायको निर्वाचन हुन नसक्दा भुकम्पपछिको पुननिमार्ण कार्यमा समस्या भएको राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रवक्ता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/कात्तिक ३०, दोलखा । स्थानिय निकायको निर्वाचन हुन नसक्दा भुकम्पपछिको पुननिमार्ण कार्यमा समस्या भएको राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रवक्ता "/>

2026-07-25 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जनप्रतिनिधि नहुँदा पुननिमार्णमा समस्या: प्रवक्ता थपलिया


ताराबहादुर महत/कात्तिक ३०, दोलखा । स्थानिय निकायको निर्वाचन हुन नसक्दा भुकम्पपछिको पुननिमार्ण कार्यमा समस्या भएको राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो । 

दोलखा सदरमुकाम चरिकोटमा आज भएको  सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुको जिज्ञासा सम्बोधन गर्नुहुँदै प्रवक्ता थपलियाले निर्वाचित जनप्रतिनिधिहरु नहुँदा समस्याहरुको सबै भार प्राधिकरणमाथि परेको बताउनुभएको हो ।

उहाँका अनुसार कार्तिक २५ गतेसम्म उपत्यका बाहिरका भुकम्प अतिप्रभावित ११ जिल्लामा ४ लाख ६९ हजार २ सय ४७ घरधनीसँग अनुदान सम्झौता भई ४ लाख ३१ हजार १ सय ९० घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार पठाइसकिएको छ । 

त्यसैगरी काठमाण्डौं उपत्यकाका ३ जिल्लमा ४ हजार ५ सय ७९ घरधनीसँग अनुदान सम्झौता भईसकेको छ । उपत्यकामा अनुदान सम्झौता र उपत्यका बाहिरका जिल्लामा अनुदान सम्झौता तथा अनुदान वितरणको काम जारी रहेको छ ।

पुननिमार्णका लागि अन्र्तराष्ट्रिय सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसार हालसम्म २ खर्ब ८ अर्ब रुपिँया प्राप्त भएको र चालु आर्थिक बर्षका लागि १ खर्ब ४० अर्ब रुपिँया विनियोजना भएको पनि प्रवक्ता थपलियाले कार्यक्रममा जानकारी दिनुभयो । 

दोलखा जिल्लामा पुननिमार्णको अवस्थाबारे राष्ट्रिय पुननिमार्ण प्राधिकरण उपक्षेत्रिय कार्यालय दोलखाका शाखा अधिकृत युवराज खरेलले जानकारी गराउनुभएको थियो ।

यसैविच दोलखा भेड्पु गाविसको जग्गा भिमेश्वर गुठीको नाममा भएकोले हालसम्म अनुदान सम्झौता हुन नसकेकोमा जग्गा नाप जाँच गरेर व्यक्तिको नाममा लैजानको लागि आवश्यक रकम विनियोजन भईसकेको राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमुख नापी अधिकृत कमलप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका जग्गा भोगचलनकर्ताले अनुसार आवश्यक कागजात संलग्न गरी जग्गा दर्ताका लागि मालपोत कार्यालयमा निवेदन दिनुपर्नेछ ।

दोलखाका स्थानिय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सभासद तथा पुर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, एमाले सभासद तथा केन्द्रिय कमिटी सदस्य पार्वत गुरुङले नितिगतसमस्या समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

हालसम्म सरकारले ८ हजार र साँझेदार संस्थाले ४ हजार अस्थायी विद्यालय निमार्ण गरेको जनाइएको छ । 

यसका साथै प्रिफेब्रीकेटेड संरचनामा २ सय वटा स्वास्थ्य संस्था र २० वटा सार्वजनिक भवन निमार्ण गरेको प्राधिकरणको भनाई छ । भुकम्पपछिको पुननिमार्णका लागि १ सय २३ वटा गैरसरकारी संस्थाहरुसँग सम्झौता भएको छ । 

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, नेपाली काङग्रेस दोलखाका सचिव सन्तोष रिमाल, एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठ, राप्रपा नेपाल दोलखाका अध्यक्ष बलबहादुर तामाङ लगायत गाविस सचिव, सञ्चारकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक