मङ्सिर १, काठमाडौँ । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । 

व्यवस्थापिका–संसद् भवन नयाँबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । 

व्यवस्थापिका–संसद् भवन नयाँबा"/>

2026-06-26 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कुराकानी

2016-11-16

मङ्सिर १, काठमाडौँ । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । 

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको थियो । 

उहाँहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।” 

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरहनु भएको छ । 

साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ