कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बु"/>

2026-06-26 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसक्यो: मन्त्री पाण्डे

2016-11-16


कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताए । 

उनले भने-, “अहिलेसम्म ६२ वटा जिल्लाको पुनःसंरचना भइसकेको छ । आयोगका अनुसार बाँकी जिल्लाहरुमा तीव्र गतिमा काम भैरहेकाले छिट्टै टुङगो लाग्छ ।” 

मन्त्री पाण्डेले आयोगलाई चाँडो काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिइएकामा यसै हप्ता वा मङ्सिरको दोस्रो हप्ताभित्रै प्रतिवेदन बुझाउने जवाफ आएको जानकारी दिए । 

संविधान संशोधनको प्रस्ताव सहमति गरेरै संसदमा दर्ता गर्न विभिन्न दलका शीर्ष नेतासँग वार्ता भइरहेको उनले बताए । 

मन्त्री पाण्डेका अनुसार संशोधन प्रस्ताव पारित हुने गरी प्रधानमन्त्रीले गृहकार्य जारी राखेका छन । 

उनले भने-, “मधेसी मोर्चाले समय लागे पनि संशोधन प्रस्ताव पारित होस् भन्ने चाहना राखेकाले सहमतिको प्रयास भैरहेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ