Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अनिश्चितकालीन बन्द फिर्ता लिन आग्रह

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, खोटाङ । स्थानीय तह पुनःसंरचनाका विषयमा असन्तुष्टी जनाउँदै बन्द हडतालमा उत्रिएका खोटाङवासीलाई स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले बन्द कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

समितिले आफूखुसी स्थानीय तह पुनःसंरचना गरी आयोगमा सिफारिस गरेको भन्दै स्थानीयवासीले त्यसको बिरोध स्वरुप गत मङ्गलबारदेखि अनिश्चितकालीन बन्द हडतालमा उत्रिएका छन् ।

समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले आज यहाँ प्रेस विज्ञप्ति प्रकाशित गरी बन्दप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै बन्द फिर्ता लिएर वार्ताका माध्यमबाट समस्या समाधानका लागि आउन सम्बन्धीत सबैमा आग्रह गर्नुभयो ।

लामिडाँडा, खार्पा, कुभिन्डे, हौंचुर, डुम्रेधारापानी र दुवेकोल गाविसलाई समेटेर रावा गाउँपालिका बनाउन राखिएको मागलाई बेवास्ता गरिएको भन्दै अनिश्चितकालीन बन्द आह्वान गरिएको सङ्घर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताउनुभयो ।

समितिले जिल्लास्थित सबै राजनीतिक दलको सहमतिमा उक्त क्षेत्रलाई समेटेर हलेसी तुवाचुङ नगरपालिका बनाउन सिफारिस गरेको हो । रासस