गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष"/>

2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बन्द कोठाको प्रतिबद्धताले मात्र बजार दिदैंन: प्रजिअ श्रेष्ठ


गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष्ठले अन्तरक्रिया तथा समिक्षा गोष्ठिमा प्रतिबद्धता गर्नुभन्दा ब्यवहारलाई परिवर्तन गरी प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नं. ६ को आयोजनामा सुर्खेतमा भएको सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग सम्बन्धि निर्देशिका कार्यान्वयनको बर्तमान अबस्था बिषयक अन्तरक्रियामा श्रेष्ठले बन्द कोठामा गरेको निर्णय र प्रतिबद्धताले स्थानिय उत्पादनलाई उपयोगमा ल्याउन नसकिने बताएका हुन् । बाहिरी बस्तुले बजार जमाईरहेका बेला स्थानिय बस्तुले बजार पाएन भनेर दुखेसो गर्नुमा स्वयम उद्योमकर्मीको कमजोरी भएको बताएका छन् । 

बजारीकरणको समस्या भएको गुनासो उद्यमीबाट आएको बताउदै श्रेष्ठले अब खुलेर प्रचारप्रसारमा लाग्न अनुरोध गरे । स्थानिय तहमा उत्पादित बस्तुको कम प्रचारले नै मुल्य नपाएको बताएका छन् । स्थानिय पत्रपत्रिका, रेडियो लगायतका संचारमाध्यमबाट उत्पादि बस्तुको मुल्यसुची सहितको सुचना हाल्दा पनि बजारमा सहजता आउने श्रेष्ठले बताएका छन् । 

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले उद्यमशिलता तालिम लिएकाले पनि उद्यम नगरेको बताएका छन् । बजार र मुल्य एक अर्काका परिपुरक भएको भन्दै अधिकारीले उद्यमशिलता तालिम लिएकाले ब्यवहारिक ब्यवसाय गर्नतर्फ उन्मुख हुनुपर्ने बताए । स्थानिय उत्पादनलाई बजारीकरण गर्न पहल गर्ने बताए । 

क्षेत्रीय कृर्षी निर्देशक शिबनारायण चौधरीले अहिलेको पुस्ता कुनै नयाँ चिजको खोजीमा हरेको बताएका छन् । सबैले नयाँ चिजको खोजिमा रहेको भन्दै केहि नयाँपना दिन सके स्थानिय उत्पादनले बजार पाउने बताएका छन् । 

कर्णाली जिल्लाका दुखहरु बताउदै कर्णाली कृर्षी तथा खाद्य सरोकार समुहका अध्यक्ष मायाराम महतराले रैथाने बाली ओझेलमा परेको बताएका छन् । आफ्नै पहिचान भएका रैथाने बाली बजारीकरण, उचित मुल्य अभावका कारण ओझेलमा पर्दै गएको बताए । कर्णालीका ५ जिल्ला र बाजुरालाई समेटेर बनाईएको कर्णाली कृर्षी तथा खाद्य समुहले दिगो कृर्षी बिकासका लागी काम गर्दै आएको उनले बताए । चिनो, कागुनो, मार्सि लगायतका धानकमे अस्तित्व नै खतरामा रहेको बताए । पहिला ५०÷६० क्वीन्टल फलाउने कृषकले हाल आएर २०÷३० किलो मात्र उत्पादन गर्ने गरेको जानकारी दिए । प्रचलित सेतो चामलको उपयोगले रैथाने रातो चामलको महत्व घटेको महतराले बताए ।

कार्यक्रमको बारेमा जानकारी दिदैं घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नंं ६ का वरिष्ट उपाध्यक्ष दिपक बुढाले स्थानिय उत्पानको तथ्याङ्क हेर्ने हो भने निकै चिन्ताजनक भएको बताएका छन् । देशमा नै उत्पादनको अबस्था एकदमै न्यून रहेको बताउदै बुढाले आयातित बस्तु ९० प्रतिशत र निर्यात हुने बस्तु मात्र १० प्रतिशत रहेको जानारी दिए । सार्वजनिक स्थान तथा सरकारी कार्यालयहरुमास्थानिय उत्पादनलाई अनिबार्य प्रयोग गर्नुपर्ने धारणा राखे । स्थानिय स्तरमा पाईने कच्चा पदार्थको पहिचान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्यमीको कर्तब्य भएको भन्दै बुढाले स्थानिय सरकार तथा नेपाल सरकारले मुल्य निर्धारण गरिदिनुपर्ने माग राखेका छन् । 

स्थानिय उत्पादनका बस्तु प्रयोग गरेवापत प्रत्येक बर्ष एक कार्यालयलाई पुरस्कृत गर्ने राज्यको निती भएपनि अहिलेसम्म कुनै पनि कार्यालयले स्थानिय उत्पादनको प्रयोगलाई ध्यान नदिएको आरोप समेत लगाएका छन् । अब बनेका नितीलाई कार्यान्वयन गर्दै आगामी दिनमा स्थानिय उत्पादनको उपयोग र उत्पादनमा गुणस्तरियता ल्यान तर्फ सबैको ध्यान जाओस् भन्ने सुझाव पनि दिएका छन् । “स्वदेशी बस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने मुल नाराका साथ सम्पन्न भएको अन्तरक्रिया कार्याक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नं. ६ का अध्यक्ष चन्द्रबहादुर विसिले गरेका थिए भने प्रमुख अतिथी प्रमख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने