पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ४, मोरङ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन ।

मोरङको उर्लाबारीमा आज अयाोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–“संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ ।”

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने बताउँदै यदि सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सीमाङ्कन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा प्रदेशको संख्या बढन सक्ने बताउँदै उनले भने – संशोधनपछि संविधानको कार्यान्वयनसंगै मुलुक निर्वाचनमा होमिन्छ ।

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको बताए । रासस