2026-07-24 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

मङ्सिर ४, काठमाडौ । संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

पूर्व सांसद मञ्चले आयोजना गरेको ‘नेपालको संविधानका चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले सीमाङ्कनका विषयमा सम्बन्धित जिल्लाका बासिन्दाको मत लिनुपर्ने बताए । 

उनीहरुले राष्ट्रियतालाई केन्द्रमा राखेर मात्रै संविधान संशोधनसम्बन्धी कार्य अगाडि बढाउनुपर्ने सुझाव दिए । पूर्वमन्त्री लालबाबु पण्डितले संविधान जारी गर्ने शक्तिहरुले विदेशीको कुरा नसुनी नेपाली जनताको कुरा सुनेर निर्णय लिए संविधान कार्यान्वयनमा कुनै समस्या नहुने बताउनुभयो । 

संविधान लेखनका क्रममा मुलुकले प्रशव पीडा भोग्नुपरेको बताउँदे संविधानका रुपमा जन्मिएको बच्चाको उचित पालनपोषणमा लाग्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–“विदेशीको निम्ति काम गर्नेलाई म नेपाली भन्दिन, ऊ प्रभुको आदेश पालकमात्रै हो, अङ्गीकृत नागरिकलाई मुख्य पद दिनुपर्छ भन्नेहरु त्यस्तै दलाल हुन् ।” 

अर्को प्रसङ्गमा भर्खरै सम्पन्न अमेरिकाको निर्वाचनमा ६० हजार नेपालीले मतदान गरेको भन्दै उनीहरुको नेपाली नागरिकता रद्ध गरिनुपर्ने उहाँले धारणा राख्नुभयो । 

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले कम्युनिस्टहरुले नै वर्गीय सङ्घर्षको कुरा बिर्सिएर जातीय सङ्घर्षको कुरा ल्याएपछि मुलुुकमा समस्या आएको टिप्पणी गर्नुभयो । 

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले अहिले सम्प्रभु कमजोर भएको बन्दै त्यो बलियो बनाउन सबैको सहकार्य आवश्यकता रहेकामा जोड दिनुभयो । 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अर्को वर्ष माघ ७ गतेपछि संसद्को कार्यकाल थप्न नसकिने स्पष्ट गर्दै पहिले स्थानीय निकायको र दोस्रोपटक सङ्घ र केन्द्रको एकैपटक निर्वाचन गर्न सकिने सुझाव दिनुभयो । 

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतीयलाई नागरिकता दिइए वा अङ्गीकृत नागरिकलाई थप अधिकार दिइए त्यसको घाटा मधेसी जनतालाई पर्ने भएकाले सो समुदाय अहिले चनाखो हुन आवश्यक रहेकामा जोड दिनुभयो । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधन र कार्यान्वयनकोे विषयमा मञ्चले स्थानीयस्तरमा छलफल कार्यक्रमको आयोजना गर्ने जानकारी दिनुभयो । 

पूर्व सांसद शारदा पोखरेल, काठमाडौँ जिल्ला विकास समितिका पूर्व अध्यक्ष सानुकुमार श्रेष्ठ, काठमाडौँ महानगरपालिका पूर्व प्रमुख हरिबोल भट्टराईलगायतले संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भावना समेटिन नसके पनि सबैको अपनत्व हुन आवश्यक रहेको धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक