2026-06-25 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्हीगमित लडाकुको पिडा: ‘अयोग्य हुनुभन्दा सहिद भइएको भए हुन्थ्यो’

2016-11-20


श्यामसुन्दर पुडासैनी/मङ्सिर ५, काठमाडौ । दश वर्षे सशस्त्र द्वन्द्वले बिश्राम लिएको पनि दश वर्ष पुरा भएको छ । तत्कालिन नेकपा माओवादीले नेपाली सेनासंग युद्ध लड्नका लागि आफ्नै सेना बनाएको थियो । 

सो सेनानै माओबादी द्धदको मुख्य हतियार थियो ।  शान्ति प्रक्रियामा आइसकेपछि अनमिनले यस्ता सेनाको संख्या १९ हजार ६ सय २ रहेको प्रमाणित गरेको थियो भने ४ हजार ८ जना संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको मापदण्ड भित्र परेनन् । शान्ति प्रक्रियाको विकासक्रमसगै १ हजार ४ सय ४४ जना नेपाली सेनामा समायोजन भए । 

२ हजार ४ लडाकुलाई अयोग्य भन्दै उनीहरूका लागि ६ वटा विकल्प दिएको थियो । जसमा शिक्षा, प्राविधिक सीप, गाउमै पुनःस्थापनालगायतका विकल्पहरू थिए । तर, माओवादी नेतृत्वले ती कुनै पनि विकल्पमा सहभागी हुन दिएन । अहिले दोस्रो पटक सिहदरबार पसेका माओवादी नेतृत्वका लागि तिनै लडाकु अहिले सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ ।

माओवादी सेनाका तत्कालीन प्रवक्ता तथा हाल प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले ‘लडाकुलाई मगन्ते बनाउन खोज्दै छन्, हामी झुक्नुहुदैन’ भन्दै ती विकल्प रोज्न चाहनेलाई पनि नदिएको बताइन्छ ।  ति विकल्प रोज्न नदिएकै कारण आफूहरूको भविस्य अन्धकारमा धकेलिएको भन्दै वर्हीगमित लडाकुहरुले पार्टी नेतृत्वसंग आफूहरूलाई लगाएको ‘अयोग्य’को ट्याग फिर्ता लिनु माग गरेका थिए । माओवादी नेतृत्वले आफुहरुमाथीको अयोथ्यको ‘विल्ला’ फिर्ता दिलाउने र २ लाख रूपैयँ दिने भने पनि पार्टीले  तीनपटकसम्म सरकारको नेतृत्व गर्दा दिन नसकेको उनिहरुको गुनासो छ । 

शान्ति सम्झौतापछि नेपाली सेनामा नियुक्तीका लागि अयोग्य  भनेपछि  बाहिरिएपछी आफुहरुको  दुखको दिन सुरु भएको वर्हीगमित लडाकुका संयोजक लेनिन विष्ट बताउछन् । अयोग्यको बिल्ला भिराएको कारण जहा जादा पनि अयोग्य  भनिने हुदा दुख लाग्ने उनले सुनाए । ‘जुन शब्द सुन्दा पनि निकै दुख लाग्छ । अहिले ज्युदो शहिद जस्ता भएका छौ । जनयुद्धमा मरेको भएपनि  देश र जनताका लागि  शहीद भैइयौ भन्ने त हुन्थो, तर अयोग्य भन्दा अह्य पिडा हुन्छ ।’

माओबादी नेतृत्वले  बहिगर्मित  जनमुक्ति सेनालाई आबश्यक ब्यबस्थापन हुने भनेपनि अहिलेसम्म नेतृत्वले भेट समेत नगरेको उनले गुनसो गरे ।  उनले हिमालय टाइम्ससंग भने —‘जे भनेर लडिएको थियो त्यसको एउटा नम्स पनि लागु गरेन जब सत्तामा गए त्यसपछि पहिलेका दलहरु भन्दा पनि अझ सामन्त भ्रष्ट र आफनो स्वार्थमा मात्र केन्द्रित भएको छ ।’ 

साम्यबादका लागि माओबादी अन्तिम सघर्षमा होमिएकोले पढिरहेको शिक्षा त्याग्न बाध्य बनाएर युद्धमा होमीएको  सझना गर्दै विष्टले क्रान्तिका आश्वसन अहिले सपना जस्तै भएको अनुभव सुनाए ।

यता अर्की बहीमति लडाकु गंगा दाहाल तत्कालिन माओबादीले युद्धमा लैजादा र हतियार बोकेर सामन्तको सफाया गर्दा  दिएको आश्वासन आज सपना जस्तो लागेको बताउछिन् । माओबादीका नेताहरुले हिजोको जनयुद्धमा गरेका प्रतिबद्धता र आज उनीहरुको बानी ब्यबहार हरु परिवर्तन भएको उनले सुनाईन् । 

‘संसददेखि सत्तासम्म पुग्यो त्यसपछि युद्धमा लैजानु अघि  दिइएका आश्वास र युद्धमा भनिएका सबै घोषणाहरु  सपना जस्ता भएका छन् ’ उनले हिमालय टाइम्सस्ंग भनीन् ‘जे भनिएको त्यो गर्ने त उल्टै युद्ध बिपरितका काम कति कति भए कति ।’ 

बहिर्गमित लडाकुलाई पनि आबश्यक ब्यबस्थापन नगरे शान्ति प्रक्रियाले पुर्णता पाउदैन भन्ने सरकारको मान्यता रहेकोले उनीहरुलाई सिपमुलक तालीम लगायतका काम गरी आत्म निर्भर हुने ब्यबस्था गर्ने सके सबे लडाकुलाई राम्रो हुने उनले बताईन् ।

आफुहरुको माग कार्यान्वयनको लागी पार्टी नेतृत्वलाई पटक पटक दवाव दिदा समेत ती माग सम्बोधन गर्न तत्पर नदेखिएपछि अहिले संगठित भएर बर्हीगमित लडाकुहरु पार्टी नेतृत्वविरुद्ध आन्दोलनमा छन् । अयोग्य लडाकुको संख्या २ हजार भए पनि अहिले करिब एक हजारबढी संगठित भइसकेको लडाकुका संयोजक विष्टले बताए । उनीहरूले गएका साता माउ पार्टी नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडँडा बव्जा समेत गरेका थिए । 

भोलीपल्ट प्ररहीले उनिहरुलाई हटाएको थियो । अधिकारको लागी आवाज उठाउदा पार्टीले प्रहरी लगाएर नियन्त्रणमा लिएको भन्दै उनीहरू उनिहरु थप आक्रोशित बनेका छन् । केह दिनअघि उनिहरुले उनिहरुले पार्टीका पुर्व नेताले संयोजन गरेको पार्टी नया शक्ति नेपालको केन्द्रिय कार्यालय वबरमहलमा समेत धर्ना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने