2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान संशोधन जरुरी छः अधिकारकर्मी

गोविन्द बिश्वकर्मा | मंसिर ५, सुर्खेत । सुर्खेतका अधिकारकर्मीहरुले नेपालको संविधान २०७३ लाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा संविधान संसोधनको राजनितिः एक समिक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागी तथा अधिकारकर्मीहरुले संविधानमा भएका ब्यवस्था अधुरा र अस्पष्ट रहेको भन्दै संशोधनको माग गरेका हुन् । 

उपयुक्त संविधान नबन्दा कतैका बासिन्दा खुशी भएका छन् त कति नागरिक आन्दोलन गर्दै आएको सुचित गराएका उदाहरण समेत पेश गरेका छन् । दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक जाती, जनजातीका लागी बनाईएको संविधान उचित नभएको अधिकारकर्मीहरुले गुनासो गरेका छन् । संविधान समग्र राष्ट्रको पक्षमा हुनुपर्ने बताउदै साझा मञ्च सुर्खेतका अध्यक्ष बसन्त बि.कले संविधान सिहदरबारमा बसेर चर्चा चलाउनेको पक्षमा भएको ठोकुवा गरेका छन् । नेपालको संविधानमा रहेका नागरिकता, सिमाङ्कन, राष्ट्रिय भाषा र मधेश आन्दोलनको बिषयलाई लिएर संविधान संशोधनको प्रस्ताव आएको हो । ब्यङ्गात्मक रुपमा नेतालाई नै जोड दिएर बि.कले भने–“ नेताले नै संविधान बनाएको हो, संसोधनको जिम्मा पनि नेतालाई नै भयो ।” ब्यवस्थापिका संसदमा रहेका ६ सय एक जना सांषद्लाई पाल्न ठिक्क रहेको नेपाल सरकारले नमुना संविधान निर्माण तर्फ ध्यान नदिएको सुर्खेतीको गुनासो रहेको छ ।

अंगिकृत नागरिक बनेको २८ बर्षपछि नेपालको प्रधानमन्त्री बन्न पाउने ब्यवस्था गरेको सुन्नमा आएको र सिमाङ्कनको बिवाद अझै कायमै रहेकाले संविधान प्रतीका भ्रम चिर्दै जनपक्षिय संविधान निर्माण गर्न सुझाव दिईएको छ । थारु कल्याणकारी समाज सुर्खेतका सचिव पवन थारुले मधेश आन्दोलन देखि लिएर सिमाङ्कनको बिषय थारुवान प्रदेशको माग राख्दै आन्दोलनमा आएका थारुहरुको नै अधिकार खोसिएको गुनासो गरेका छन् । देश बनाउने थारुको अधिकार संविधानमा सुनिश्चित नहुँदा आतंकित हुनुपर्ने अबस्था आएको बताएका छन् । संविधान संशोधनकै बिषयलाई लिएर थारु कल्याणकारी समाजले चरणबद्ध आन्दोलनको घोषणा गरिसकको जानकारी दिए । सचिव थारुले मंसिर १० गते, १७ गते र २४ गते कालो पटि बाँधेर प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिए । समानता र समाबेशीको नारा लगाएर हिडेपनि ब्यवहारमा नल्याएको आरोप समेत लगाए । उनले थारु कल्याणकारी समाजको तर्फबाट समानता र समाबेशीतालई ख्याल गर्दै सिमाङ्कनको बिषयमा हेरफेर होस् भन्ने सुझाव दिए । 

यस्तै अखण्ड पार्टीको तर्फबाट बोल्दै प्रेम खड्काले संविधान निर्माणमा संलग्न रहेका ७ दलले आफुले गरेको गल्तिलाई स्वीकार गर्नुपर्ने बताएका छन् । जनआन्दोलन २०६१/६२ देखि नै नेपालको मती बिग्रेको बताउदै खड्काले छिमेकि देशको सहयोगको आशा नगर्न सुझाव दिएका छन् । भारत नेपाल बिच भएको १२ बुदें सम्झौतालई सम्झना गर्दै उनले देश संघियतामा जानै नहुने जिकिर गरे । अंगिकृत नागरीकताको हकमा अहिलेको संविधान नै कार्यान्वयन हुने हो भने जनता नेपाली टेकेको जमिन बिदेशी हुन बेर नलाग्ने बताए । अब राष्ट्रको चाहाना नै जनपक्षिय संविधान भएकाले जनताका अधिकार सुनिश्चित हुने खालको संविधान बनाउन सबै लाग्नुपर्ने आश्यक रहेको छ । कार्यक्रमको अध्यक्षता सामाजिक सशक्तिकरण तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष उपेन्द्रबहादुर वि.कले गरेका थिए भने प्रमुख अतिथी बरिष्ठ अधिबत्ता भुषण मानन्धर रहेका थिए ।

फोटोमा: कार्यक्रममा आथित्यता ग्रहण गरेका अतिथीहरु र ब्यानर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने