2026-08-30 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राज्यले तोकेको सेवा सुविधा पाउनु पर्छः गौतम

गोविन्द बिश्वकर्मा/मङ्सिर ६, सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रिय सचिव कमल गौतमले श्रमिकहरुले राज्यले तोकेको सेवा सुविधा पाउनु पर्नेमा जोड दिएका छन् । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) मा आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन जिल्ला कमिटी सुर्खेतको आइतबार सम्पन्न दोस्रो विस्तार बैठकका प्रमुख अतिथि जिफन्टका केन्द्रीय सचिव एवं जिफन्ट ६ नं. प्रदेश कमिटीका संयोजक समेत रहेका गौतमले राज्यले ब्यवस्था गरेको सुविधा पाउनुपर्ने बताएका हुन् । 

संगठित हुन पाउने नागरिकको अधिकार भएकाले प्रेस क्षेत्रमा काम गर्ने श्रमिकहरु हकअधिकार र श्रमको सम्मानबाट बञ्चित रहेके बताए । आगामी दिनमा नेपाल सरकार श्रम ऐन, आईएलओ सन्धीको आधारमा सबैलाई अधिकार दिलाउन जिफन्ट कटिबद्ध रहेको पनि गौतमले जानकारी दिए । 

साथै उनले श्रमको उचित मुल्याङ्कन हुनुपर्ने बताए । उनले भने–“जहाँ श्रमको सम्मान हुँदैन, त्यहाँको राष्ट्र कहिल्यै समृद्ध हुन सक्दैन ।” बैठकमा नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियनका जिल्ला सचिव निमबहादुर बुढाले जिल्लाको समग्र गतिबिधि प्रस्तुत गरेका थिए भने केन्द्रीय कमीटीका सदस्य तथा जिफन्ट ६ नं. प्रदेश कमिटका सदस्य एवं प्रचार विभाग प्रमुख तेज प्रकाश जि.सीले युनियनका व्याप्त समस्या र चुनौतिहरुलाई चिरफार गर्न सबै श्रमिकहरुलाई गोलबन्द र एकताबद्ध भएर अगाडी बढ्न आग्रह गरेका छन् । 

उनले भने–“विगत ७ वर्षदेखि यथास्थितिमा रहँदै आएका युनियनका मागहरु पूरा गर्न अब हामीसँग जिफन्ट छ, सबै मिले श्रमिकका मागहरु पुरा हुनेछन् ।” बैठकमा ६ नं. प्रदेश कमिटिका सचिव पूर्ण के.सी., आर्थिक प्रमुख टेकबहादुर सलामी लगायत जिल्ला कमिटी पदाधिकारीहरु र छापाखानामा कार्यरत श्रमिकहरु समेतको उपस्थिति रहेको थियो ।

जिफन्टको अध्यक्षमा घर्ती

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट)सुर्खेतको अध्यक्षमा भुपेन्द्र घर्ती मगर चयन भएका छन् । आईतबार सुर्खेतमा सम्पन्न साधारण सभाबाट मगरको अध्यक्ष्यताम नयाँ कार्य समिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा गुरुङ राई, सचिवमा बिशाल थापामगर चयन भएका छन् । 

सदस्यहरुमा मुक्ति श्रेष्ठ, धर्म बि.क, शादिक अलिसा र अम्मर राई रहेका छन् । वीरेन्द्रनगरमा छरिएर रहेका श्रमिकहरुलाई एकतामा ल्याएर श्रमिककमा समस्यालाई समाधान गर्ने उदेश्यले ट्रेड युनियनको नगर कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष घर्तीमगरले जानकारी दिए । 

वीरेन्द्रनगरमा हाल ६५ जना अटो मेकानिक्सहरु ब्यवसायिक रुपमा लागेका छन् । आगामी दिनमा युनियनको संगठनलाई शाखाहरुका रुपमा विस्तार गर्दै लैजाने अध्यक्ष घर्तीमगरले बताए । सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष घर्तीमगरले जानकारी दिए । 

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) सुर्खेतका अध्यक्ष मिजन अन्सारीको अध्यक्षतामा भएको भेलामा जिफन्ट ६ नम्बर प्रदेशका संयोजक कमल गौतम लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने