सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भ"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गुटउपगुटको राजनीति मौलाउँदै – नेता कोइराला

२०७३, ६ मंसिर सोमबार १४:३४


सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाउँदै गएको बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले भने काँग्रेसलाई बलियो बनाउन पार्टी्िभत्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।

उनले कांग्रेसमा चिरा चिरा परेकाले अव व्यक्ति स्वार्थी, जातिवाद र अर्कोको इसारामा नचली सच्चा कांग्रेसको रुपमा लाग्न पनि कार्यकर्तालाई आग्रह  गरे । उनले कांग्रेस विभाजन भएकोमा सवैलाई पिडा भएको समेत बताए । उनले राष्ट्रियता लोकतन्त्रलाई बलियो बनाउन पनि कांग्रेस एक हुनुको बिकल्प नभएको बताए । उनले कांग्रेसका सभापति देउवाले सानो गुटलाई च्यापेकाले पनि समस्या भएको बताए । उनले जव सम्म मधेसका जनताहरुलाई नेपाली हुन र नेपाली छन् भन्ने काठमाडौमा वस्ने नेताहरुले ठान्दैनन  तव सम्म मधेसको समस्या समाधान नहुने उनको भनाई छ । नेता कोइरालाले मधेसवादी दलले उठाएको सीमाङ्कन, नागरिकता र पहिचानको मुद्दाराम्रो भएपनि जोखिमपूर्ण भएको समेत बताए ।


“सीमाङ्कनका नाममा मधेसलाई छुट्टै प्रदेश माग्नु, अंगिकृत नागरिकता भएकाहरु सम्वेदन सिल पदमा जानुपर्न भन्ने पक्षमा कांग्रेस पनि छैन र त्यो हुदा पनि हुदैन उनले भने । कार्यक्रममा कांग्रेसका नेता पूर्वसङ्गठन विभाग प्रमुख तथा सांसद आनन्द ढुङ्गानाले नेपाली कांग्रेसले संविधान जारी गरेका भन्दै अवको समस्या पनि कांग्रेसलेनै हल गर्ने बताए । उनले ठुलो दवाबका विचपनि कांग्रेसले संविधान जारी गरेको भन्दै अव कार्यन्वयनपनि कांग्रेसले गर्ने दावी गरे । उनले संविधान कार्यान्वयनसँगै ५ नं प्रदेशलाई हेरफेर नगर्ने पक्षमा काँग्रेस र एमाले रहेको बताए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोख्रेलले राष्ट्रमा अहिले संविधान कार्यान्वयनसँगै आर्थिक विकासको मुद्दा उठाउन आवश्यक रहेको बताए । ‘आर्थिक वृद्धिदर न्यून हँुदा नेपालीको अवस्था उकास्न समस्या भएको छ”– पूर्वउपाध्यक्ष पोख्रेलले भने । “नेपाललाई आत्मनिर्भर बनाउन र आर्थिक समृद्धिमा लाग्न सबै एक हुनुपर्छ –पोख्रेलले भने । सो अवसरमा कार्यकर्ताहरुले कांग्रेसमा गुट उपगुट र व्यक्ति वादी चरित्रका कारण कांग्रेस कमजोर भएको बताएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको सभापतित्व कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका निर्वतमान सभापति घनस्याम रेग्मी, पूर्व सभापति विरकेश्वरी गौतम, सांसदहरु वुद्धिराम भण्डारी, राजु खनाल, अनिता देवकोटा, कांग्रेसका नेता तेजबहादुर वस्नेत, शंकर गिरी, जोगेन्द्र विश्वकर्मा, वासुदेव जंगली, क्षेत्र नं ४ का सभापति जगतबहादुर खड्का, महिला संघकी अध्यक्ष चित्रा गिरी, देवा वस्नेत, लालबहादुर गिरी, विरबहादुर केसी, रमेश गौतम, विनोद पाण्डे, रेशमबहादुर भण्डारी, राजु आचार्य, ज्ञानप्रसाद सुवेदी, विनोद वस्नेत दिपक न्यौपानेलगायतले बोलेका थिए । कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो