भट्टराईको संयोजकत्वमा ११ सदस्यीय अखिल छैठौं राप्ती—लुम्बिनीे क्षेत्रीय समिती गठन

सन्तोषकुमार गुप्ता ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भट्टराईको संयोजकत्वमा ११ सदस्यीय अखिल छैठौं राप्ती—लुम्बिनीे क्षेत्रीय समिती गठन

सन्तोषकुमार गुप्ता ।"/>

2026-09-19 05:15 PM
दाङ्ग - DNG

अखिल छैठौं राप्ती—लुम्बिनीको क्षेत्रीय भेला दाङको भालुवाङमा सम्पन्न

भट्टराईको संयोजकत्वमा ११ सदस्यीय अखिल छैठौं राप्ती—लुम्बिनीे क्षेत्रीय समिती गठन

सन्तोषकुमार गुप्ता । दाङ, ६ मंसिर । अखिल छैठौं राप्ती—लुम्बिनीको शनिबार दाङको भालुवाङमा भएको क्षेत्रीय भेलाले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अखिल छैठौं राप्ती—लुम्बिनी क्षेत्रीय भेलाको उद्घाटन गदैँ अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देबेन्द्र कुवरले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र भारतले राजनीतिक मात्रै नभई, लगातार सीमा अतिक्रमण गरिरहेको अवस्थामा सबै प्रकारका वैदेशिक हस्तक्षेपका बिरुद्ध राष्ट्रबादी नेपालीहरुले कडा आन्दोलन गर्ने बताउनु भएको छ ।  

 

भेलाको प्रमुख अतिथी समेत रहनु भएका विद्यार्थी नेता कुवरले त्यसका लागि अखिल छैठौँले मंसिर १५ देखि ३० गते सम्म सुस्ता देखि माने भञ्ज्याङ सम्म ‘सीमा बचाऔँ’ अभियान सञ्चालन गर्ने बताउनु भयो । उहाँले अभियानको क्रममा सीमा मिचिएका स्थानहरूमा सभा, पर्चा, पोस्टरिङ, जन भेटघाट लगायत जनचेतनाका कार्यक्रमहरू समेत सञ्चालन गर्ने बताउनु भयो । उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने सम्बन्धमा चलेको संयुक्त विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने र संसदमा दर्ता भई सकेको प्रस्ताव पारित गर्न दबाब दिन आन्दोलनका लागि अखिल छैठौँले आन्तरिक तयारी समेत शुरु गरी सकेको बताउनु भयो । 


अखिल छैठौं राप्ती—लुम्बिनी भेला आयोजक समितीका संयोजक गोपालप्रसाद भट्टराईको अध्यक्षतामा भएको क्षेत्रिय भेलालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका सचिब तथा अखिल छैठौँका पूर्व केन्द्रिय अध्यक्ष गणेश आचार्यले संविधानमा जन्मका आधारमा, विदेशी बाबुबाट जन्मिएका सन्तानलाई नागरिकता दिने राष्ट्रघाती प्रावधान हटाउने बारेमा आन्दोलन चलिरहेका बेला सरकारले अङ्गीकृत नागरिकहरूलाई समेत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संवैधानिक निकाय, सुरक्षा निकायका प्रमुख लगायत अन्य पदहरूमा नियुक्ति गर्ने गरी संविधानमा संशोधन गर्न लागेकोमा कडा बिरोध गदै संविधान संशोधन प्रक्रिया तत्काल खारेज गर्न माग गर्नु भयो । अखिल छैठौँका दाङ जिल्ला अध्यक्ष बसन्त आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा बोल्ने बक्ताहरुले युवाहरूलाई सत्ताको भ¥याङ् बनाउने राजनीति हावी हुँदै गएकोले यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले राष्ट्रियता इतिहासकै कठिन मोडमा उभिएको बताउदै राष्ट्रियताको रक्षाको निम्ति सबै नेपाली एक हुनुपर्नेमा जोड दिएका थिए । भेलामा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य र अखिल नेपाल युवक संघ दाङका सदस्य सन्तोषकुमार योगी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


भेलाले गोपालप्रसाद भट्टराई (अर्घाखाँची) को सम्योजकत्वमा १३ सदस्यीय अखिल छैठौं राप्ती—लुम्बिनी क्षेत्रीय समिति गठन गरेको छ ।समितिको सचिवमा सुरेश आचार्य (रुपन्देही) र कोषाध्यक्षमा रामप्रसाद पौडेल (कपिलवस्तु) निर्बिरोध निर्बा्चित हुनुभएको छ । त्यस्तै नव गठित समितिको सदस्यहरुमा गणेश थापा (रुपन्देही, सुमन भण्डारी (प्युठान), पुरन पोख्रेल (पाल्पा), हरि सर्तुङ्गे (गुल्मी), राजेन्द्र चौधरी (दाङ), बसन्त आचार्य (दाङ), सगर सुवेदी (नवलपरासी), रमेश पुन (रोल्पा) र सन्तोष शाही (रुकुम) लाई चयन गरेको छ । कार्यक्रमको सञ्चालन सुरेश आचार्यले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा