सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । "/>
2026-09-19 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दलहरु संविधान कार्यान्वयनमा एक जुट हुनुपर्छ – मन्त्री गिरी

सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । तुलसीपुरमा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा मंगलवार विहान सहभागी भएका मन्त्री गिरीले मुलुकमा सहमति मार्फत संविधान कार्यान्वयन गरी आर्थिक सम्वृद्धि तर्फ लैजानु पर्ने वेला आएको बताएका थिए ।


देशमा विकास निमार्ण अबको प्रमुख एजेण्डा हुने बताउँदै तर, सहमतिका लागि आपसी खिचातानिको अन्त्य हुनुपर्ने बताए । खिचातानीमा विकास असम्भव हुने भएकोले सहमतिमा आउनुको विकल्प नुहुने काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले बताए । मंगलवार १४ औं हप्ताको सरसफाई अभियान्ताहरुको मनोवल बढाउन पुगेका मन्त्री गिरीले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानले उदाहरणीय सन्देश प्रवाह गरेको उल्लेख गरे ।दाङ क्षेत्र नं. ५ बाट निर्वा्चित सांसद समेत रहेका गिरीले सरसफाई प्रत्येक व्यक्तिका लागि महत्वपूर्ण हुनेहुँदा यसमा सबैको साझा प्रयत्न हुनुपर्ने बताएका थिए । मंगलवार तुलसीपुरको ‘ङ’ लाईनमा दोश्रो पटक घरदैलो एवं सरसफाई अभियान सञ्चालन गरिएको  छ ।


अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिएका छन् । दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार हुदै गएको अध्यक्ष रिजालले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, विभिन्न राजनितिक दल ,संघसंस्था, टोलविकास संस्थाहरु, यातायात व्यवसायी, नागरीक समाज लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । यसैविच तुलसीपुर नगरपालिकाले ‘ङ’ लाईनमा आफ्नो घर पसल अगाडि र पछाडि फोहर थुपार्ने एक जना व्यक्तिलाई नगद पाँच सय जरिवाना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा