मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान"/>

2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बैद्य माओबादीद्वारा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन

मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान्तिकारी माओवादी पार्टीलाई अर्ध भुमिगत बनाउदै पार्टीका खुल्ला काम गर्नका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको हो ।

मंगलवार बर्दघाटको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा भएको भेलाबाट मोर्चाका कन्द्रीय सदस्य बृजदेव पाण्डेको अध्यक्षतामा १० जना पछि थप गर्ने गरी ३५ सदस्सीय नयां मोर्चा गठन गरिएको छ ।

 मोर्चाको जिल्ला उपाध्यक्षद्धयमा चुडामणि भण्डारी (बर्दघाट) दुर्गा पौडेल (गैडाकोट) जिल्ला सचिवमा रवि पाण्डे (बर्दघाट) र कोषाध्यक्षमा कल्पना गौतम (कावासोती) रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कावासोतीबाट उत्तम थापा, पिताम्बर तिवारी, रामकुमार श्रेष्ठ, गिता पाण्डे, चोरमाराबाट श्याम कुमाल, पिताम्बर फालमगर, दिपक अर्याल, रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दुर्गा चौधरी, धनञ्जय पौडेल ,गणेश भटट(सुनवल) रामचन्द्र गौतम (परासी) छबि खरेल, उर्मिला क्षेत्री, भोला हरिजन, मंगल सार्की, राजु खनाल, बिनोद थापा,बोल्गा नेपाल लगायत चयन हुनुभएको छ ।

क्रान्तिकारी माओवादीलाई अर्ध भुमिगत लैजाने सो पार्टीको राष्ट्रिय भेलाको निर्णय बमोजिम मोर्चा गठन गरिएको सो पार्टी स्रोतले जनाएको छ ।

सत्ता तथा खुल्ला कामका लागि मोर्चा गठन गरिएको र मोर्चा जनवादी क्रान्तिको साधन रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक प्रेम सुवेदीले बताउनुभयो ।  

मोर्चालाई सत्ताको सबै अंगका साथै गाउतह सम्म बिस्तार गरिने मोर्चाका नेताहरुले बताएका छन् । भेलामा क्रान्तिकारी माओवादी नवलपरासीका ईञ्चार्ज अशोक लम्साल, सेक्रेटरी संकल्प लगायतले प्रशिक्षण दिनुभएको थियो । भेला बृजदेव पाण्डेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता