पढ्न करिब 1 मिनेट लाग्छ

योजना तर्जुमामा खै त दलहरू ?

मङ्सीर-७, धुन्चे, रसुवा । आ.व. २०७४/०७५ का लागि पूर्व योजना तर्जुमा बैठक सम्पन्न भएको छ । योजना छनोटका विभिन्न चरणमध्ये तेस्रो चरणको प्रकृया अन्तर्गत उक्त बैठक सम्पन्न भएको छ । नेपाल सरकारको विभिन्न सहश्राब्दी विकास लक्ष्य मुताबिक योजनाहरूको तर्जुमा गरिएको जिल्ला विकासका सूचना अधिकृत लिलानाथ नेपालले बताए ।

योजना तर्जुमा बैठकमा राजनीतिक दलहरूको भने उपस्थिति कम हुने तर योजना बाँडफाँटमा मात्र राजनीतिक दलहरूको सहभागिता हुने गरेको सहभागीहरूले बताए । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेयका अनुसार जिल्ला विकास समितिले आयोजना गर्ने कार्यक्रम तथा बैठकहरूमा जिल्लाका कार्यालय प्रमुखहरूको पनि उपस्थित कम हुने र प्रतिनिधिको सहभागिता हुने गरेको बताए । जिविसले आयोजना गर्ने विभिन्न कार्यक्रममा पछिल्लो चरणमा गैरसरकारी संस्थाहरूको भने सकृय सहभागिता बढेको बताइएको छ ।

तर्जुमा बैठकमा व्यवस्थापिका संसदका सदस्य छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्रका प्रभाकर घिमिरेलयागतले मन्तव्य राखेका थिए ।