Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १२ गते, दिउँसो १:४० बजे
दोलखा - DLKH

संविधान कार्यान्वयको लागि जनपरिचालन गर्ने दोलखा एमालेको निर्णय

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ताराबहादुर महत | मंसिर १२, दोलखा | संविधान कार्यान्वयको लागि एमाले दोलखाले ४ महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ ।

हिजो सम्पन्न नेकपा एमाले दोलखाको तेस्रो जिल्ला प्रतिनीधि परिषद बैठकले जिल्ला भरी अभियान सञ्चालनका लागि ११ वटा टोली निमार्ण गरी परिचालन गर्ने गर्ने निर्णय गरेको छ । बैठकले निमार्ण गरेको २२ बुँदे घोषणा पत्र आज पत्रकार सम्मेलन गरी सार्वजनीक गरेर यस्तो जानकारी दिएको हो ।  जिल्लाको भेडपु गाविस लगाएत अन्य गाविसहरुमा रहेका गुठीको समस्याका कारण निजि आवास पुननिमार्णका लागी अनुदान सम्झौता हुन नसकेकोमा केन्द्रिय तथ्याङ्क विभागको सर्वेक्षण टोलीबाट प्रकाशीत अन्तीम नामावली अनुसार अनुदान सम्झौता गराउन सरकार सँग माग गरीएको छ । तथ्याङ्क विभागको तथ्याङ्कमा बास्तविक भुकम्प पिडीतहरुको नाम छुटेकाले उनीहरुको गुनासो सुनुवाई मार्फत माग सम्वोधन गर्नु पर्ने लगायत बुँदा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धमेन्द्र मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पत्रकाररुको जिज्ञासालाई सम्वोधन गर्नु भएको थियो । सम्मेलनमा विभिन्न राष्ट्रिय दैनीक तथा स्थानीय संञ्चार माध्यममा कार्यरत पत्रकार, नेकपा एमाले दोलखाका जिल्ला कमीटीका पदाधिकारी र सचिवालय सदस्य लगाएतको सहभागीता रहेको थियो ।